युरोपमा एनआरएनए विज्ञ सम्मेलन हुने   « Khabarhub

युरोपमा एनआरएनए विज्ञ सम्मेलन हुने  


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन-  गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपले विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ । संघका युरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघले आगामी ११ औँ क्षेत्रीय बैठकसँगै युरोप क्षेत्रमा कार्यरत विभिन्न नेपाली विज्ञहरुको भेला गर्ने तयारी गरेको हो ।

सम्मेलनलाई सफल पार्न शनिबार सम्पन्न एनआरएनए युरोप क्षेत्रीय पदाधिकारीहरूको बैठकले एक कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा राजु अर्याल (नर्वे), नवराज रोशियारा (जर्मनी) र डा. चिरन्जीवी खड्का (चेक रिपब्लिका) रहेका छन् ।

बैठकले सम्मेलनको मिति र स्थान तोक्ने जिम्मा क्षेत्रीय संयोजकद्वय चिन्तामणि सापकोटा र सन्तोष भट्टराईलाई दिएको छ । भट्टराईले आगामी दुई हप्ताभित्र स्थान र मितिको टुङ्गो लगाउने जानकारी दिए ।

बैठकले एनआरएनए यूकेको विवाद अन्त्य गर्न संघका अध्यक्ष कुल आचार्यको संयोजकत्वमा गठित समितिलाई पूर्णरुपमा सहयोग गर्ने र छिटोभन्दा छिटो समस्याको समाधान खोज्न आग्रह गर्ने निर्णय गरेको छ । करिब तीन दर्जन राष्ट्रिय समितिका प्रतिनिधिहरू तथा अध्यक्षहरूको उपस्थिति रहेको बैठकमा करिब ५० जनाको सहभागिता थियो ।

बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा.हेमराज शर्मा, महासचिवद्वय गौरीराज जोशी र डा. केशव पौडेल, उपमहासचिव रामशरण सिंखडा, सचिव गंगाधार गौतम, कोषाध्यक्ष फडिन्द्र पन्त, प्रवक्ता शिव बरुवाललगायतको उपस्थिति थियो । संघको विधानअनुरूप गठित क्षेत्रीय समितिको बैठक पहिलो पटक बसेको हो ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : २० बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली