एन आई सी को मोबाइल बैंकिङ्ग एप ओम्नि च्यानल एपमा स्तरोन्नति « Khabarhub

एन आई सी को मोबाइल बैंकिङ्ग एप ओम्नि च्यानल एपमा स्तरोन्नति


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एन आई सी एशिया बैंकले ओम्नि च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप को शुभारम्भ गरेको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले यस ओम्नि च्यानल एप मार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो ।

हालका एन आई सी एशिया मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले वर्तमान एन आई सी एशिया एम ओ बैंक एपलाई अपडेट गरी ओम्नि च्यानल एपमा स्तरोन्नति गर्न सक्नेछन् । नयाँ ग्राहक महानुभावहरूले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने छ ।

‘सब थोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नि च्यानल एपबाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रूपमा उपभोग गर्न सक्नेछन् । निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ ।

स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्स सुचारु, स्किम ट्रान्सफर, लकर सुविधा लिन लगायतका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू ओम्नि च्यानलमार्फत डिजिटल प्राप्त गर्न सकिन्छ ।

साथै, यस बैंकमा खाता नभएकाले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटको रूपमा प्रयोग गर्न सक्नेछन् । जसबाट समेत क्युआर भुक्तानी, युटिलिटी बिल भुक्तानी लगायत अनेकौँ सेवा लिन सकिन्छ । ग्राहकको  उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठुलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ५ : ०२ बजे

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

लुम्बिनी– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको

निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभिलले बनायो १३ सदस्यीय समिति 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल ‘हाई अलर्ट’

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

दमौली– तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको