ट्युनिसिया संविधान समितिद्वारा प्रस्तावित संविधान अस्वीकार | Khabarhub Khabarhub

ट्युनिसिया संविधान समितिद्वारा प्रस्तावित संविधान अस्वीकार


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्युनिसिया संविधान समिति प्रमुखले राष्ट्रपति कैस सैदले प्रस्तावित संविधानको अस्वीकार गरेको छ । राष्ट्रपतिको संस्करण खतरनाक भएको र समितिद्धारा प्रस्तावित पहिलो संशोधनसँग मेल नगरेको समिति प्रमुख साडोक बेलेडले स्थानीय पत्रिका असाबाहलाई जानकारी दिए ।

राष्ट्रपति सैदद्वारा प्रकाशित संविधानमा देशलाई एक लज्जास्पद तानाशाही शासनतर्फ उन्मुख गर्ने अध्याय समावेश गरिएको बेलेडले प्रस्ट्याए ।

,जनमत सङ्ग्रहको लागि औपचारिक रूपमा प्रकाशित संविधान हामीले निर्माण गरी राष्ट्रपतिलाई बुझाएकोसँग सान्दर्भिक नभएको कुरा जिम्मेवारीपूर्वक र निष्पक्ष रूपमा सबैलाई अवगत गराउनु चाहन्छौँ, , उनले असाबाहमा प्रकाशित एक चिठीमा उल्लेख गरेका छन् ।

गत बिहीबार ट्युनिसियाको औपचारिक ग्याजेटमा संविधान प्रकाशित भएसँगै राष्ट्रपतिले कुनै पनि टिप्पणी व्यक्त गरेका छैनन् । सो संविधानले राष्ट्रपति सैदलाई अत्यधिक शक्तिशाली बनाउनेछ । तथापि, आगामी महिना यसलाई जनमत सङ्ग्रहको लागि राखिनेछ ।

यूजीटीटी सङ्गठनका प्रमुखले पनि प्रस्तावित संविधानले देशको लोकतन्त्रलाई पनि खतरामा ल्याउन सक्ने आशङ्का व्यक्त गरे । दश लाखभन्दा बढी सदस्य भएको सो राजनीतिक पार्टीका सदस्यलाई प्रस्तावित संविधानलाई मत अधिकार प्रयोग गरी मूल्याङ्कन गर्न दिने संगठन जनाएको छ । जुलाई २५ मा हुने जनमत सङ्ग्रहमा संविधानको स्वीकार्यको लागि मतदाताहरूलाई आग्रह गरिनेछ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ०० बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले