काँग्रेसका पुराना नेताहरूसँग शेखर कोइरालाले गरे छलफल « Khabarhub

काँग्रेसका पुराना नेताहरूसँग शेखर कोइरालाले गरे छलफल


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका पुराना नेताहरूसँग छलफल गरेका छन् ।

राजधानीमा पार्टीको पछिल्लो अवस्थाका बारेमा उनले नेताहरूसँग छलफल गरेको कोइरालाको सचिवालयले जनाएका छन् ।

छलफलमा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, नेताहरू तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विनयध्वज चन्द, विपिन कोइराला सहभागी थिए ।

डा कोइरालाले सहभागीहरुलाई “तपाईंहरुले पार्टीका निम्ति धेरै ठूलो योगदान गर्नुभएको छ र लामो अनुभव पनि छ । अहिले पार्टी कमजोर अवस्थामा पुग्यो । देशभरका साथीहरु निराश छन्, भनेर छलफल थालेका थिए ।

उनले पुराना नेताहरूलाई पदमा नभए पनि अनुभवका आधारमा आ-आफ्नो स्थानबाट सक्रिय भएर सल्लाह र सुझाव दिनसमेत सुझाव दिएका थिए ।

सहभागीहरुले डा शेखर कोइरालालाई थप जिम्मेवार हुँदै समन्वयकारी भुमिका खेलेर पार्टी बचाउन सुझाव दिँदै विभिन्न राय दिएका थिए ।

सहभागीहरूले नेपाली काँग्रेस पार्टीजस्तो नरहेको, पार्टीमा आदर्श, इमान, त्याग र निष्ठाको राजनीति नरहेको, पार्टी ठेकेदारी प्रथामा चल्न थालेको बताका थिए ।

साथै उनीहरूले पार्टीले गठबन्धनबारे पुनर्मूल्याङ्कन नगरे र संघ र प्रदेशको निर्वाचनपछि काँग्रेसको अस्तित्व नै संकटमा पर्ने बताएका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १० : १५ बजे

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख