सौन्दर्यकरणका लागि बेलहियाका सडकमा रहेका संरचना हटाइने « Khabarhub

सौन्दर्यकरणका लागि बेलहियाका सडकमा रहेका संरचना हटाइने


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणका लागि कार्य अघि बढाइएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बजार क्षेत्रको सौन्दर्यकरणका लागि नगरपालिकाद्वारा सडक अतिक्रमण गरी राखिएका ट्यांकी, ठेला गाडा, टहरा लगायत सात दिन भित्र हटाउन सूचना प्रकाशित गरिएको छ ।

सूचनामा भनिएको छ, ‘बेलहिया बजारलाई सफा बनाउन सडक अधिकार भित्र हाल रहेका सम्पूर्ण ट्यांकी, टहरा, ठेला गाडा लगायतलाई सूचना प्रकाशित भएको सात दिनभित्र हटाउन हुन र अन्यथा नियमानुसार हुने ब्यहोरा अनुरोध छ ।’

बेलहिया लगायत नगर क्षेत्रको सौन्दर्यकरणका लागि विभिन्न योजनाहरूको निर्माण र सञ्चालन भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले बताए ।

‘बेलहियाबाट लाखौँ पर्यटक भित्रिन्छन् । तर, स्थान पर्यटकमैत्री छैन . जसले गर्दा पर्यटकहरूमा नकारात्मक सन्देश गइरहेको छ,’ नगर प्रमुख खानले भने, ‘नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने कार्य अन्तर्गत प्रकिया अघि बढाइएको हो ।’

सडक क्षेत्रको अतिक्रमण हटाएर विकासका योजनाहरू सञ्चालन गरिने उनको भनाइ छ । बेलहियास्थित हाल बस स्टेसन रहेको स्थानमा ६ तले अन्डरग्राउन्ड पार्किङसहितको व्यावसायिक भवन बनाउने नगरपालिकाको योजना छ । जसमा अन्डरग्राउन्ड पार्किङमा सार्वजनिक बस, ट्याक्सीहरू पार्क हुनेछन् भने अन्य तलाहरूमा कृषि, रेस्टुरेन्ट लगायत सञ्चालन हुनेछन् ।

सौन्दर्यकरणका लागि बेलहियामा सरसफाइसमेत थालिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १२ : ०६ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री