मकवानपुरमा २८ जनामा डेङ्गु सङ्क्रमण « Khabarhub

मकवानपुरमा २८ जनामा डेङ्गु सङ्क्रमण


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना सङ्क्रमणका  बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

साउनको १५ दिनमा २८ जना डेङ्गु रोगको सङ्क्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए। हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ । 

मकवानपुरको १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकामा बढी  सो रोगका बिरामी रहेको जनाइएको छ । अन्य स्थानीय तहमा छिटपुट रुपमा सो रोगको सङ्क्रमण देखा परेको छ । सूचना अधिकारी घिमिरेले १५ दिनमा उक्त सङ्ख्यामा बिरामी फेला पर्नु ठूलो समस्या भएकाले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताए । सङ्क्रमित हेटौँडा वडा नं ४ तथा ५ का रहेको र उनीहरूको उपचार भइरहेको उनले बताए ।

कतिपय निजी अस्पतालमा उपचार गराइरहेको तथ्याङ्क आउन बाँकी रहेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको सोही अवधिमा जिल्लामा एक जनामा कालाजार भएको छ भने हेटौँडाका ९ जनामा स्क्रवटाइफस सङ्क्रमण भएको बताइएको छ ।  गत आवमा २९५  जना  डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका थिए । 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ३ : १५ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान