राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड « Khabarhub

राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ माथि सैद्धान्तिक छलफलका क्रममा उनीहरूले प्रधानमन्त्री कार्यालयमा भन्दा गृह मातहत राख्दा अनुसन्धान विभागको काम प्रभावकारी हुने बताएका हुन् ।

छलफलमा भाग लिँदै सांसद नवराज सिलवालले गृह मन्त्रालयबाट नै सुरक्षा निकायको व्यावसायिकताको बुझाइमा प्रभावकारी हुने हुने भएकाले अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउनुपर्ने बताए। अनुसन्धान विभागमा योग्य व्यक्ति ल्याउनका लागि लोक सेवा मार्फत भर्ना लिन उचित हुने उनको भनाइ छ ।

त्यस्तै सांसद गगन कुमार थापाले यसअघि विशेष उद्देश्यका साथ अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखे पनि विभागलाई उचित ढङ्गले सञ्चालन गर्ने क्षमता गृह मन्त्रालयसँग मात्रै रहेको बताए। व्यक्तिको गोपनीयतालाई ख्याल गर्दै अनुसन्धानका लागि सूचना संकलनका लागि अदालतसँग अनुमति माग्नुपर्ने प्रावधानलाई राख्नुपर्ने उनको भनाइ छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथिको छलफलका क्रममा आएका संशोधन र सुझावहरूलाई आवश्यकता अनुसार कानूनमा राखिने बताए। उनले सुरक्षाका विषयका कानूनहरुलाई छिटो छलफल गरेर पारित गर्न आग्रह पनि गरे।

यसअघि साउन १३ गते बसेको प्रतिनिधिसभाको बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ४ : ३९ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम