राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड « Khabarhub

राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ माथि सैद्धान्तिक छलफलका क्रममा उनीहरूले प्रधानमन्त्री कार्यालयमा भन्दा गृह मातहत राख्दा अनुसन्धान विभागको काम प्रभावकारी हुने बताएका हुन् ।

छलफलमा भाग लिँदै सांसद नवराज सिलवालले गृह मन्त्रालयबाट नै सुरक्षा निकायको व्यावसायिकताको बुझाइमा प्रभावकारी हुने हुने भएकाले अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउनुपर्ने बताए। अनुसन्धान विभागमा योग्य व्यक्ति ल्याउनका लागि लोक सेवा मार्फत भर्ना लिन उचित हुने उनको भनाइ छ ।

त्यस्तै सांसद गगन कुमार थापाले यसअघि विशेष उद्देश्यका साथ अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखे पनि विभागलाई उचित ढङ्गले सञ्चालन गर्ने क्षमता गृह मन्त्रालयसँग मात्रै रहेको बताए। व्यक्तिको गोपनीयतालाई ख्याल गर्दै अनुसन्धानका लागि सूचना संकलनका लागि अदालतसँग अनुमति माग्नुपर्ने प्रावधानलाई राख्नुपर्ने उनको भनाइ छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथिको छलफलका क्रममा आएका संशोधन र सुझावहरूलाई आवश्यकता अनुसार कानूनमा राखिने बताए। उनले सुरक्षाका विषयका कानूनहरुलाई छिटो छलफल गरेर पारित गर्न आग्रह पनि गरे।

यसअघि साउन १३ गते बसेको प्रतिनिधिसभाको बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ४ : ३९ बजे

गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग, ढाकछोप नगर्न सरकारलाई चेतावनी

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको सम्पत्तिको स्रोतसम्बन्धी उठेका

चलचित्र पत्रकार सङ्घको अध्यक्षमा पुनः बलामी

काठमाडौं– चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा

अमेरिका-इरान युद्धसँगै चर्चामा आएका यी चार शब्द

तेहरान- इरानसँगको युद्धमा अमेरिकाले ठूलो मात्रामा टमहक क्रूज मिसाइल प्रयोग

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छ : सचिव ढुङ्गाना

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले

पाकिस्तानमा अर्को चरणको इरान-अमेरिका वार्ता, उपराष्ट्रपति भेन्सको टोली आइपुग्दै

इस्लामावाद- अमेरिकी उपराष्ट्रपति जेडी भेन्स इरानसँगको वार्ताका लागि पाकिस्तानतिर लागेका