साझँ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

साझँ ५ बजेसम्मका मुख्य १० समाचार


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साझँ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट २ जना 

मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।

 श्रीमान् श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतङ्कवादी संगठनमा रहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो । सबै जहाजको यात्रुमा पुन चेकजाच गरिपछि मात्रै उनीहरुलाई विमानमा चढाइने छ ।

 नियन्त्रणमा लिइएका २ जना मुम्बई जाने तयारीमा रहेको  नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले बताए । मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजको प्रहरीलाई विमान चढिसकेका व्यक्तिबारे ह्वाट्सएपमा सूचना आएपछि विमान पुन रोकिएको हो ।

२. सभामुख सापकोटाविरुद्धकाे मुद्दा पुन स्थगित

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । पाँच न्यायाधीशको संवैधानिक इजलासमा अन्तिम फैसलाको सुनुवाइ कुरेर बसेको सो मुद्दा अदालतकै तर्फबाट स्थगितको सूचीमा परेको हो ।

सापकोटाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । आज नियमित संवैधानिक इजलास बस्नुपर्नेमा गठन नहुँदा मुद्दा स्थगित भएको हो ।

सो मुद्दाको पछिल्ला ६ पेसी निरन्तर रुपमा स्थगित हुँदै आएका छन् । अन्तिम पटक २०७६ असार २५ गते सापकोटाको मुद्दामा आदेश भएको थियो।
३. राष्ट्रिय अनुसन्धान विभाग गृहमै फर्किनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत नै फर्किनुपर्नेमा जोड दिएका छन्  ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिमा विशेष सेवा विधेयकमाथिको आजको छलफलमा  बोल्दै उनले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृहमन्त्रालय अन्तर्गत हुनुपर्ने बताएका हुन् ।

विधेयकमाथिको शंसोधनकर्ता समेत रहेका थापाले विधेयकको दफा चारमा केन्द्रित हुँदै राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत नै रहनुपर्छ भन्ने नेपाली कांग्रेसको पूर्ववत् निर्णयबाट पछि नहट्ने उल्लेख गरे ।

कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकबाट पनि यही निर्णय भएको थापाले बैठकमा बताए ।

४. भ्रष्टाचारविरुद्ध राप्रपाको विरोध प्रर्दशन

 राप्रपाले काठमाडौँसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ । पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा  आज कालोपट्टी बाँधेर प्रदर्शन भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए  ।

 राप्रपाले गत असार १ गते विभिन्न २२ सूत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । आफ्ना माग पूरा गराउन राप्रपा दोस्रो चरणको सङ्घर्षमा होमिएको छ । यसअघि राप्रपाले  असार १३ देखि ३१ सम्म पहिलो चरणको संघर्ष गरेको थियो ।

साउन ११ देखि ३१ गतेसम्म दोश्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपा भदौमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारीमा प्रवक्ता श्रेष्ठले जानकारी  दिए ।

५. राष्ट्रपति भण्डारी र फिनल्याण्डका राजदूत एन्टिनेनबीच भेटवार्ता 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टिनेनले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज  राजदूत एन्टिनेनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार बिदाइ भेटवार्ता गरेका हुन् ।

 भेटमा नेपाल र फिनल्यान्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा  छलफल म भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले   बताए ।

यसैबीच  राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी  छन् ।

६. भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जाँदै

जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरू अब छिट्टै जापान जान पाउने भएका छन् । 

बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रणालीमार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

यसअघि सन् २०१९ मार्चमा प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरू प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो प्रणाली अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डल कार्यसमिति बनेको थियो ।

७.  नेप्से परिसूचकमा सामान्य गिरावट

शेयर बजार नेप्से परिसुचक आज पनि सामान्य घटेको  छ । नेप्से आज ६.७१ अकंले  घटेर  २ हजार १ सय ८६.७७ विन्दुमा  पुगेको हो ।

आज दुई सय १८ वटा कम्पनीको ९५ लाख ४२ हजार ७ सय ६  कित्ता शेयर चार अर्ब दुई करोड  ९९ लाख ४ हजार २ सय ५१ रुपैयाँका कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज व्यापार, जलविद्युत् माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । समग्रमा बजार घटे पनि साम्लिङ पावर कम्पनी र बलेफी हाइड्रोपावरको शेयर झन्डै १० प्रतिशतले बढेको छ । 

८. चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु

चीनको दक्षिणपूर्वी  जियान्सी प्रान्तको एक  बाल गृहमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । स्थानीय समयअनुसार आज बिहान १० बजे एन्फु काउन्टीको निजी  बाल गृहमा सो हमला भएको थियो ।

मास्क लगाएका  ४८ वर्षीय संदिग्ध  सो बाल गृहमा प्रवेश गरेर चक्कु प्रहार गरेका थिए ।  संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ ।यद्यपि मारिनेमा को थिए भन्नेबारे प्रहरीले केही खुलाएको छैन् । 

९. अमेरिकाले ताइवानको साथ छाड्दैन : अमेरिकी सभामुख पेलोसी

ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले आफ्नो अडानबाट कहिल्यै पछाडि नहट्ने प्रतिबद्धता दोहोर्‍याइन् ।

 अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान टापुको भ्रमणका कारण चीनबाट बढ्दो सैन्य धम्कीबीच उनले आफ्नो अडान र प्रतिबद्धता दोहोर्‍याएकी हुन् । चीनतर्फ संकेत गर्दै उनले ताइपेईले ‘योजनाबद्ध सैन्य खतरा’ को सामना गरिरहेको तर देश पछि नहट्ने प्रतिबद्धता जनाएकी छिन् ।

महत्वपूर्ण घडीमा ताइवानको लागि आफ्नो कट्टर समर्थन देखाउन ठोस कार्य चालेकोमा’ पेलोसीलाई धन्यबाद ज्ञापन गरिन् । साई इङ्ग वेन सन् २०१६ मा ताइवानको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रचेकी थियो ।  उनले आफ्नो कार्यकालमा ताइवानमा समलिंगी विवाहलाई कानुनी मान्यता दिनुभएको थियो ।

जारी क्षेत्रीय विवादमा चीनको विरुद्धमा दृढताका साथ उभिएकी उनी सन् २०२० मा  दोस्रो कार्यकालका लागि निर्वाचित  भएकी थिइन् । ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण हिस्साको रुपमा हेर्दै आएको छ, जसलाई ताइपेइले अस्वीकार गर्दै आएको छ ।  

१०. साफ यू–२० च्याम्पियनसिपमा सहभागिता जनाएको नेपाली टोली भोलि स्वदेश फर्किने 

भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली भोलि स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली . भोलि दिउँसो नेपाल फर्कने जनाएको छ ।

नेपाली टोली अपरान्ह ४ बजे नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपाल तेस्रो स्थानमा रहेको थियो । 

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ५ : ०६ बजे

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ ।

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

जुम्ला– जुम्लाका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता

हाउथीमाथि अमेरिकाको अर्को आक्रमण : ५३ जना मारिएको दाबी

यमन – विद्रोही समूह हाउथीले यमनको होडाइडाहमा अमेरिकाले आक्रमण गरेको

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव

कर्णाली– कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा. भगवान कोइराला