एशिया रग्वी सेभेन्स ट्रफिमा सहभागी हुने नेपाली टोलीको बिदाइ  « Khabarhub

एशिया रग्वी सेभेन्स ट्रफिमा सहभागी हुने नेपाली टोलीको बिदाइ 


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डोनेसियामा आयोजना हुने एशिया रग्वी सेभेन्स ट्रफिमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।

इन्डोनेसियाको जकार्तामा अगष्ट ६ र ७ मा हुने प्रतियोगीताका लागि नेपाल रग्वी संघको १२ सदस्यीय राष्ट्रिय महिला टोली तथा ६ जना अफिसियलहरु त्यसतर्फ जानेछन् । नेपाली टोलीको टीम क्याप्टेन एलिसा थापा रहेकी छिन् । बिदाइ कार्यक्रममा राखेप सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न निर्देशन दिए।

प्रतियोगितामा नेपालका साथै भारत, इन्डोनेसिया, सिंगापुर, युएई, मंगोलिया र गुवाम देशका महिला खेलाडीहरूले भाग लिनेछन् । प्रतियोगिता राउण्ड रोविन आधारमा खेलाइने रग्वी संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ३२ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,