बाढीको जोखिम बढेपछि सप्तरीका तीन पालिकामा हाई अलर्ट जारी « Khabarhub

बाढीको जोखिम बढेपछि सप्तरीका तीन पालिकामा हाई अलर्ट जारी


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेमा सप्तकोसी नदीमा कटान भएपछि सप्तरीको तीन पालिकालाई हाईअलर्ट जारी गरिएको छ ।

जिल्लाको सप्तकोसी, कञ्चनरुप तथा हनुमाननगर कंकालिनी नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सप्तरी प्रशासनले आग्रह गरेको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जोखिम रहेको ठाउँका बासिन्दालाई सतर्क गराइएको जानकारी दिएका छन् ।

सप्तकोसी नदीको छेउछाउमा रहेको बस्तीतर्फ इलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन आग्रह गर्नेकाम भइरहेको एसपी काफ्लेको भनाई छ ।

सप्तकोसी नगरपालिकाको वडा नम्बर ६ र ७ मा उक्त पानी पस्ने सम्भावना बढी रहेको स्थानीयले बताएका छन् ।

यसैगरी कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० उच्च जोखिममा रहेको नगरप्रमुख ललन गुप्ताले जानकारी दिए ।

बाढी नियन्त्रणमा नआउञ्जेलसम्मका लागि कोसी बाँधतर्फ नजान, गाई, भैंसी, बाख्रा चराउन र माछा मार्न नजान आग्रह सूचनासमेत दिइसकेको नगरप्रमुख गुप्ताको भनाई रहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ३३ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,