सुदूरपश्चिम प्रदेशसभा : पारिश्रमिक र सुविधासम्बन्धी ऐन पारित « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा : पारिश्रमिक र सुविधासम्बन्धी ऐन पारित


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले पारित गरियोस् भनी प्रस्तुत गरेको सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

यसअघि उक्त संशोधन विधेयकमाथि भएको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री रावलले ऐनमा देखिएको कमीकमजोरीलाई समयमै सुधार गर्न संशोधन गर्नुपरेको बताए ।

उनले प्रदेशसभामा रहेका ठूला दलले मात्र सम्मान पाउने र साना दलले नपाउने भन्ने कुरा न्यायोचित र व्यावहारिक नहुने भन्दै ऐन संशोधन गर्दा सोचेअनुसारको र भनिएअनुसारको जस्तो आर्थिक भार नपर्ने स्पष्ट पारे ।

दफावार छलफलमा प्रदेशसभा सदस्य बलबहादुर सोडारी, अम्बिकुमारी थापा, अक्कलबहादुर रावल, हर्कबहादुर कुँवर र मालामतिकुमारी रानाथारुले भाग लिएका थिए ।

बैठकको प्रारम्भमा सभामुखसँग ढ्यापढ्यापे समय लिएर प्रदेशसभाका सदस्य भरतबहादुर खड्काले निर्मला हत्याकाण्ड घटना नेपालका दलहरुको सत्तामा जाने सिँढीजस्तो बनेको भन्दै हत्याकाण्डका दोषी अविलम्ब खोजतलास गरेर दण्डित गर्न ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : ४७ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र