निर्वाचनलाई बढी प्रभावकारी बनाउन ‘सञ्चार र तनाव व्यवस्थापन’ तालिम « Khabarhub

निर्वाचनलाई बढी प्रभावकारी बनाउन ‘सञ्चार र तनाव व्यवस्थापन’ तालिम


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयागले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनमा सञ्चार व्यवस्थापन तथा तनाव व्यवस्थापन तालीम आयोजना गरेको छ ।

निर्वाचनलाई बढी प्रभावकारी र व्यवस्थितरूपमा सञ्चालन र सम्पन्न गर्न एवं आयोगले निर्वाचनका महत्वपूर्ण सरोकारवालाका रूपमा रहेका आमसञ्चारसँग असल र प्रभावकारी सम्बन्ध स्थापित गर्न तालिम आयोजना गरिएको हो ।

कार्यक्रमबाट आमसञ्चारसँग प्रत्यक्ष सम्पर्क एवं समन्वय गर्ने आयोगका कर्मचारी एवं पदाधिकारीको कुशलता एवं दक्षता अभिवृद्धि तथा निर्वाचनका समयमा हुन जाने कार्यचाप र त्यसबाट बढ्ने तनाव व्यवस्थापनमा समेत सहयोग पु¥याउने उद्देश्य लिइएको छ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन आमसञ्चारको महत्वपूर्ण भूमिका रहने बताए ।

वर्तमान समयमा बढ्दो सामाजिक सञ्जालको प्रयोगलाई मध्यनजर गर्दै आमसञ्चारको नयाँ परिभाषाको आवश्यकता देखिएको उनको भनाइ छ । साथै आमसञ्चारले निर्वाचनका सबै प्रतिस्पर्धीका लागि समान प्लेटफर्मको विकास गर्नुपर्ने आवश्यकतासमेत बताए ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : १९ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण