सेलिब्रेटीकी पनि सेलिब्रेटी शुष्मा महराको कथा | Khabarhub Khabarhub

सेलिब्रेटीकी पनि सेलिब्रेटी शुष्मा महराको कथा

मानिसलाई सुन्दर बनाउने सीपले सफल महिला उद्यमी


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौन्दर्यविद् भन्ने बित्तिकै सुष्मा महराको नामै नसुन्ने सायदै होलान् । विगत दुई दशकदेखि उनले सौन्दर्यको क्षेत्रमा निरन्तर सेवा दिइरहेकी छिन् । राजधानीको काठमाडौं मलस्थित फेसियल हाउसमा चर्चित सेलिब्रेटीसम्म सेवा लिन पुग्छन् । साथै उनले फेसियल हाउसबाट ब्युटीसियनको तालिम पनि दिन्छिन् ।

सुष्मा नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका रुपमा आफ्नो जिम्मेवारी सम्हालिरहेकी छिन् । सानैदेखि निडर स्वभावका कारण व्यवसायमा पनि सफलता हासिल गरेको उनी बताउँछिन् ।

राजधानी काठमाडौंको धनाढ्य परिवारमा जन्मिएकी सुष्माले आफ्नो सफलताको पछाडि परिवारको अहम् भूमिका रहेको बताउँछिन् । उनी भन्छिन्, ‘मैले जुन सफलता पाएकी छु, त्यसको कारण मेरो परिवारलाई जान्छ, उहाँहरूको साथले सँधै मलाई अगाडि बढ्न हौसला दियो ।’

वि.सं. २०५५ सालमा एसएलसीसम्मको अध्ययन सकेपछि उनलाई साथीहरूले ब्युटीसियनको तालीम लिन सल्लाह दिए । त्यतिबेला साथीहरुको सल्लाहमै उनी ब्युटीसियनको तालिममा सहभागी भइन् ।

परिवारले पनि ब्युटीसियन सिक्छुभन्दा हुन्छ भन्नुभयो मलाई झन् आत्मबल बढ्यो,’ उनी भन्छिन्, ‘ब्युटीसियन पनि सिकिरहेकी थिएँ, यता प्लस टुको अध्ययन पनि चलिरहेको थियो, त्यही समयमा मेरो बिहे भयो ।’ बिहेपछि परिवार र श्रीमानले पूर्ण समर्थन गरेपछि ब्युटीसियन पेशा अंगालेको उनी बताउँछिन् ।

उनका अनुसार त्यो बेलाको समाजमा महिलालाई हेर्ने दृष्टिकोण नै फरक थियो । तर, सुष्माको परिवारमा छोराछोरी दुवैलाई एकै खालको व्यवहार हुन्थ्यो । ‘परिवारमा मलाई के सिकाइन्थ्यो भने निडर हुनुपर्छ र आफै आत्मनिर्भर हुनुपर्छ, यसैले पनि मलाई काम गर्दा सधै रमाइलो लाग्थ्यो,’ उनी सुनाउँछिन् ।

सुरुमा फेसियल हाउस सञ्चालन गर्दा केही अप्ठ्याराहरू त आएका थिए तर ती समस्यालाई समाधान गर्दै अगाडि बढेको सुष्मा बताउँछिन् । जीवनमा जन्मेपछि मृत्यु निश्चित छ त्यसैल बाँचुन्जेल राम्रो कर्म गर्नुपर्छ भन्ने सोच आउने उनी बताउँछिन् ।

‘म आफैँ कुनै समय मृत्युको मुखमा पुगेर फर्केर आएको मान्छे हो, त्यसैले जस्तोसुकै काम गरे पनि त्यसलाई निरन्तरता दिनु र त्यसमा  जोडतोडका साथ लाग्नुपर्छ जस्तो लाग्छ,’ सुष्मा अगाडि थप्छिन्, ‘आज फेसियल हाउसमा जति पनि सिक्न आउनुहुन्छ, उहाँहरूले देश तथा विदेशमा बसेर सौन्दर्य पेशालाई अङ्गाल्दै अगाडि बढिरहनुभएको छ ।’

ब्युटीसियनहरु छालाको हेरचाह गर्दा या सेवा दिने क्रममा केमिकलसँग पनि खेल्नुपर्ने र यो काम केही चुनौतीपूर्ण रहेको पनि उनी बताउँछिन् । उनी सौन्दर्यविदहरुले सीप सिकेर मात्र नहुने बरु नयाँ प्रविधिहरू पनि सिक्दै जानुपर्ने धारणा राख्छिन् ।

‘आजको समयमा सबैको स्मार्ट बन्ने चाहना त हुन्छ नै, त्यसका कारण केमिकलसँग खेल्नुपर्ने हुन्छ, जुन हाम्रा लागि चुनौतीपूर्ण छ,’ उनी थप्छिन् । विगतमा धेरै उतारचढाव आए पनि आफूले कहिल्यै ब्रेक नलगाएको उनी बताउँछिन् । सुष्माका अनुसार अर्को वर्षदेखि माध्यमिक तह र प्लस टु लेभलसम्म सौन्दर्यसम्बन्धी सीपमूलक तालीम पनि पाठ्यक्रममा समावेश गर्ने तयारी गरिएको छ ।

‘कतिपय कलेजमा त म अहिले पनि सौन्दर्यसम्बन्धी प्रशिक्षण दिन जान्छु, यदि विद्यालय स्तरदेखि नै  पाठ्यक्रममा समावेश गरियो भने भविष्यमा नै यसलाई पेशाको रुपमा लान सकिन्छ भनेर हामीहरू पनि लागि परेका छौँ,’ सुष्मा भन्छिन् ।

वर्तमान समाजमा पनि छोरा र छोरी बीचको भेदभाव भने यथावत रहेको सुष्मा बताउँछिन् । अहिले पनि महिला पछि परेको भए पनि पहिलेको तुलनामा भने धेरै परिवर्तन आइसकेको उनी बताउँछिन् ।

सफल हुनका लागि हिम्मत हार्न नहुने सुष्माको बुझाइ छ । उनी फेसियल हाउसमा सिक्न आउने विद्यार्थीलाई पनि यसबारेमा भन्ने गर्छिन्। जीवनमा झनभन्दा झन् चुनौतीहरू त आउँछन् तर ती चुनौतीसँग लड्दै अगाडि बढ्नुपर्ने उनको तर्क छ ।

‘जीवनमा समस्याहरु आइरहन्छन्, तर डगमडाउनु हुँदैन, काठमाडौं मलको अध्यक्ष हुँदा त मलाई धम्कीसमेत आयो, तर धम्की आयो भन्दैमा मैले मेरो काम नै त छोड्ने कुरा हुँदैन,’ सुष्मा भन्छिन्, ‘एकदिन संसारबाट जानु नै छ, आफ्नो कर्मलाई धर्म मान्दै अगाडि बढ्ने हो भनेर सबैका लागि राम्रो हुन्छ ।’

उनको बुझाइमा काम कहिल्यै पनि ठूलो सानो हुँदैन । जसले जे काम गर्छ, त्यही काम उसका लागि ठूलो हो । निरन्तर गरियो भने सफल पनि भइन्छ ।

‘मैले फेसियल हाउस खोल्दा यसैमा जीवन समर्पित गर्छु जस्तो लागेको थिएन, निरन्तर मेहनतले गर्दा केही हदसम्म सफल बनाएको छ, खुशी लाग्छ,’ सुष्मा अगाडि थप्छिन्, ‘हामीकहाँ सीप सिकेर जानेहरु धेरैले रोजगार पाउनुभएको छ, विदेशमा पनि काम गर्नुभएको छ ।’

त्यति मात्रै होइन, उनीकहाँ एकपटक सेवा लिन पुगेको सेलिब्रेटी पनि फर्की फर्की आउँछन् । कारण, उनले दिने सेवा गुणस्तरीय मात्रै होइन । नाम चलेका कलाकारले पनि पालो पर्खेर लिने शुष्माको कला र सीपले उनलाई सेलिब्रेटीकी पनि सेलिब्रेटी बनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १ : ३७ बजे

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा

काठमाडौं– अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

काठमाडौं- अन्तरराष्ट्रिय अभ्यास अनुसार चुनावको सर्वेक्षण दुई किसिमबाट हुन्छ ।

बागलुङ कालिकामा ४० लाख भेटी संकलन

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा

‘ओलीले हामीलाई हेप्ने काममात्रै गर्छन्‌’ : नेपाल

मकवानपुर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का

बन्दीपुरमा ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम

तनहुँ–  बन्दीपुर गाउँपालिकामा  ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिएको छ ।