सिटीको जितमा हालाण्ड र फोडेनको ह्याट्रिक « Khabarhub

सिटीको जितमा हालाण्ड र फोडेनको ह्याट्रिक


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६–३ ले हराएको छ। जितसंगै सिटीले शीर्षस्थानको आर्सनलसंग दूरी घटाएको छ।

खेलको आठौं मिनेटमा फिल फोडिनको गोलमा सिटीले अग्रता लिएको थियो। ३४ औं मिनेटमा हाल्यान्डको गोलमा सिटीले अग्रता दोब्बर पारे। त्यसको तीन मिनेटपछि हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरेका थिए ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा हाल्यान्डको पासमा फोडिनले व्यत्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४–० मा पुर्याएका थिए।

५६औं मिनेटमा एन्टोनी सान्तोसले गरेको गोलमा युनाइटेडले गोलअन्तर ४–१ मा झारे। ६४ औं मिनेटमा हाल्यान्डले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ५–१ मा पुर्याएका थिए। ७३औं मिनेटमा फोडिनको ह्याट्रिक गरे। ८४औं मिनेटमा एन्थानी मार्सियालले युनाइटेडका लागि दोस्रो गोल गरेका थिए। इन्जुरी समयको पहिलो मिनेटमा मार्सियालले पेनाल्टीमा गोल गर्दै खेल ६-३ को स्थितीमा पुर्याएका थिए।

सिटी आठ खेलमा २० अंकसहित दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको आर्सनल भन्दा एक अंक कम हो। युनाइटेड भने सात खेलमा १२ अंकसहित छैटौं स्थानमा छ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ६ : ५७ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत