बाबुको अपराध लुकाउने प्रयासमा छोरा मार्कोस | Khabarhub Khabarhub

बाबुको अपराध लुकाउने प्रयासमा छोरा मार्कोस


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बास्केटबल खेलिरहेका स्यान्टियागो माटेलालाई सडकबाटै प्रहरीले उठाएर लैजाँदा उनी २२ वर्षका थिए। यो घटना तानासाह राष्ट्रपति एमानुएल मार्कोसले मार्सल कानुन लगाएको पाँच वर्षपछि सन् १९७७ को हो।

सन् १९७२ को २१ सेप्टेम्बरमा मार्कोसले मार्सल ल गाएका थिए। त्यस कानुन अनुसार संसद् विघटन गरियो र विपक्षी नेतालाई गिरफ्तार गरियो। मार्सल लगाएपछि गिरफ्तार हुने र यातना भोग्ने सयौँमध्ये माटेला पनि एक हुन्।

५० वर्षपछि पनि उनलाई यस बारेमा कुनै कुरा गर्न अप्ठेरो लाग्दैन। कुनै डर पनि लाग्दैन। तर, उनलाई इतिहासको त्यो अँध्यारो पाटो नै मेटाइने हो कि भन्ने चाहिँ चिन्ता लाग्न थालेको छ।

माटेलालाई तीन महिना यातना गृहमा राखिएको थियो। सहजै कठिन हुने थुप्रै कष्ट उनलाई दिइएको थियो। नाङ्गै बनाएर जिउमा आइस राख्ने काम त धेरै पटक भएको थियो।

सबै भन्दा अचम्म त उनलाई कम्युनिस्ट भएको भन्दै गिरफ्तार गरिएको थियो। त्यसै नाममा यातना दिइएको थियो। तर, उनलाई सो शब्दको बारे अहिलेसम्म केही पनि थाहा छैन।

‘उनीहरूले मलाई जुलुसको नेतृत्व गरेको तथा ग्रिनेड फ्याँकेको कुरा स्वीकार्न दबाब दिएका थिए। उनीहरूले मलाई त्यही प्रश्न सोधेर बारम्बार पिटेका थिए। उनीहरूले मलाई लट्ठीले बेस्सरी कत्ति पटक बजाउँथे बजाउँथे।

मार्कोस परिवारको एकदमै विलासी जीवन थियो। राष्ट्रपति पत्नी इमील्डा मार्कोसले घरमा कला र अन्य बिलासी साधन र गरगहनाको सङ्ग्रह नै गरेकी थिइन्। उनको जुत्ता मात्र सयौँ जोर थियो।

देशको अरबौँ सम्पत्ति लुकाउँदै हिँडेका यो दम्पतीको शासनकाल साँच्चै अचम्मकै थियो। त्यो शासन एसियाको सबैभन्दा कुख्यात तानासाही शासनकालको रूपमा परिचित थियो।

सन् १९८६ मा जनआक्रोश बढेपछि ठूलो विद्रोह भएको थियो। भ्रष्टाचार र कुशासनका कारण आक्रोशित जन विद्रोहका कारण त्यो परिवार नै देश छाडेर हवाईमा शरण लिन गएको थियो। त्यसको तीन वर्षपछि नै फर्डिनान्ड मार्कोसको मृत्यु भएको हो। तर, यसै महिनाको सुरुवातमा त्यति नै कुख्यात तानासाहका छोरा फर्डिनान्ड मार्कोस जुनियर निर्वाचनमा जित हात पार्दै फिलिपिन्सका राष्ट्रपति भएका छन्।

मार्कोसको पुन उदयलाई सामान्य रूपमा लिन थालिएको छ। मार्कोस जुनियरको जन्म नै मार्सल लको अन्त्य भएपछि भएकाले यसको भागीदार उनलाई ठान्न नहुने तर्क सामाजिक सञ्जालमा व्यापक रूपमा उठ्न थालेका छन्। मार्कोस जुनियरको पक्षधरले यसको वकालत तीव्र रूपले गर्न थालेका छन्।

यसै खालको सन्देश फेसबुक, युट्युब र टिकटकमा छरपस्ट देख्न सकिन्छ। मार्कोस जुनियरले नेटवर्क न्युजको अन्तरवार्तालाई त्यागेका थिए। यसैगरी उनले राष्ट्रपति निर्वाचनमा हुने बहसमा सरिक हुन पनि अस्वीकार गरेका थिए।

उनले विगतको बारे कुनै पनि छलफल नै नगर्ने अडान राख्ने गरेका छन्। यसका बाबजुद उनले देशलाई एकत्रित गराउने आफ्नो योजना भएको कुरा भने बारम्बार जिकिर गरिरहेका छन्। कोरोना महामारीबाट ध्वस्त देशको संरचना र अर्थतन्त्र ब्युँताउने आफ्नो मुख्य लक्ष्य भएको उनले बताइरहेका छन्।

देशका लोकप्रिय सेलिब्रटीले यो सन्देश सबै तीर लैजान प्रयास गरी रहेका छन्। उनले बारम्बार विगतलाई विगतमा नै सीमित गर्नु पर्ने र त्यसको चर्चा गर्नसमेत नहुने कुरा राखेका कारण माटेला आश्चर्यमा परेका छन्। यत्ति धेरै असर गरेको छ कि माटेलाको सन्तानमा समेत त्यस अभियानको प्रभाव पर्न थालेको छ।

हालका राष्ट्रपतिले त्यो विगत बिर्सनु पर्ने बताए पनि माटेलाका लागि त्यो सम्भव भएन। हिरासतको यातनाबीच उनको जनेन्द्रीयमा समेत असर गरेको थियो। त्यस समयमा परेको चोट समेत व्यक्त गर्न नसक्ने माटेला बताउँछन्।

मार्कोसले मार्सल ल लगाएपछिको नौ वर्षमा ७० हजारलाई थुनामा राखिएको, ३४ हजारलाई यातना दिइएको तथा तीन हजार दुई सयलाई मारिएको एमनेस्टी इन्टरनेसनलले जनाएको छ।

अहिले मेरो छोरासमेत उनीहरूको पक्षमा छ। उसलाई समेत थाहा छैन कि मैले यो सबै त्यही पुस्ताका लागि गरेको हुँ। मेरो लडाइँ उनीहरूलाई मैले के भोगेको छु भन्ने थाहा पाउनका लागि हो। म यस कारण लडेको छु कि मैले प्रशस्त पीडा भोगेको छु’, माटेलाले भने।

मार्कोस परिवारले आफूहरू यस्तो अफवाह फैलाउन लागि नपरेको दाबी गरिरहेको छ। नोबेल शान्ति पुरस्कार विजेता मारिया रेसाले स्थापना गरेको रेपलर मिडियाकी फ्याक्ट चेकर गेमा अहिले प्रोपोगान्डाको रूपमा मच्चाइएको अफवाहका बारे सबै कुरा यकिन गर्न कठिन भएको बताउँछिन्।

यो एउटा एकाउन्टबाट, एउटा पेजबाट र एउटा समूहबाट सेयर भएको छैन। यो त थुप्रै असङ्ख्य पेज तथा समूहबाट सेयर हुने गरेको छन्’, गेमाले भनिन्। ती मध्यको केही ऐतिहासिक पेज जस्ता लाग्छन्। जसले हेर्दै भावुक बनाउँछ। त्यसै पेजमा केही गलत गलत खाले विषयहरू समावेश गरिएका हुन्छन्।

मार्सल लको समयमा कसैलाई पनि गिरफ्तार गरिएको थिएन भन्ने गलत अफवाहसमेत फैलाउन थालिएको छ। धेरै पेजमा त त्यसमा मानव अधिकारको उल्लङ्घन नै नभएको र अपराध गर्नेलाई मात्र सजाय दिइएको कुरा उल्लेख गरिएको छ। यसबारे मार्कोस प्रशासन अझै केही बोल्न तयार भएको छैन।

मार्कोस जुनियरले हालै एक युट्युब अन्तरवार्ता दिएका थिए। त्यसमा उनले आफ्नो बाबु तानासाह भएको कुरा अस्वीकार गरेका छन्। सरकारबाट समेत क्षतिपूर्ति पाइसकेका ११ हजार भन्दा बढी पीडितसँग कहिल्यै पनि माफी माग्न अहिलेको सत्ता पक्ष चाहँदैन।
अहिले पुरानो कुरालाई संरक्षण गर्न सबै कुरा डिजिटल स्वरूपमा राख्ने प्रचलन संसारमा नै बढेको छ। फिलिपिन्स पनि त्यही युगमा अगाडि बढी रहेको छ। त्यहाँका ऐतिहासिक तथ्यका साथै केही यथार्थलाई फेरि डिजिटल स्वरूपमा राख्न खोजिनु स्वाभाविक हो। त्यसक्रममा विगतका तथ्यलाई बङ्ग्याएर डिजिटाइज त गरिने होइन ? भन्ने आशङ्का थपिन थालेको छ।

मार्सल लमा भएका थुप्रै ज्यादतीका कथा छन्। एक आमाले यातना दिइएको तथा ज्यादती नै नाघेको आफ्नो छोरालाई हस्तान्तरण गरेको दृश्य अहिले छरपस्ट भएको छ। तर, मार्कोस प्रकाशनले त्यसलाई सङ्ग्रहित गरेर राख्ने सम्भावना कमै छ।

भर्खरै युवाको एक समूहले ऐतिहासिक क्षेत्रको भ्रमण गरेको थियो। त्यसै भ्रमणको समयमा ती युवाहरू अग्रजले पाएको दुख थाहा पाएर भावुक पनि भएका थिए।

पछिल्लो पुस्तामा यसरी ती सबै देख्ने थोरै मात्र हुन्। धेरै जना यस्तै अफवाहमै बाचेका छन्। इमील्डा मार्कोस सन् १९६५ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसको सात वर्ष पछि सन् १९७२ मा मार्सल लको घोषणा गरेका थिए। सन् १९८३ मा मार्कोसको विरोधी छवि बनाएका कानुन व्यवसायी बेनीङगो अक्वीनो मारिएका थिए।

सन् १९८६ मा बेनीङगोको विधुवी कोरी अक्वीनो माथि मार्कोसले विवादास्पद जित हात पारेका थिए। त्यसै वर्ष भएको जनविद्रोहको कारण मार्कोस परिवार देश छाडेर भागेको थियो। सन् १९९१ म मार्कोस परिवार फिलिपिन्स फर्किएको थियो।

सन् २०१३ मा मार्कोस परिवारले आफ्नो पुरानो सम्पत्तिको केही हिस्सा फिर्ता पाएको थियो। सन् २०२२ मा जुनियर मार्कोस राष्ट्रपतिमा निर्वाचित भए पछि त्यस परिवारको सनसनी सुरु भएको हो।

मार्कोस जुनियरको जितलाई धेरैले पूर्व सत्ताले सुशासन कायम गर्न नसकेको उपजको रूपमा व्याख्या गरेका छन्। इमर्जिङ एसिया अर्थशास्त्री एलेक्स होल्म्सले पूववत सरकार भ्रष्ट भएका कारण मार्कोस जितको बाटोमा गएको प्रतिक्रिया दिएका छन्।

युरेसिया ग्रुपका प्राक्टिस हेड पिटर मम फोर्डले त्यस जितको मतलब फिलिपिन्समा धेरै प्रविधि युक्त क्याबिनेटको खोजी भएको प्रतिक्रिया दिएका छन्। स्रोत : बीबीसी, रोयटर्स

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ९ : १७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०