निर्वाचनमा राजनीतिक दल र जनतालाई राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस्  : पूर्वअध्यक्ष रेग्मी « Khabarhub

निर्वाचनमा राजनीतिक दल र जनतालाई राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस्  : पूर्वअध्यक्ष रेग्मी


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गरेका छन्।

बडादसैँको अवसरमा दिएका सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनीतिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन्।

पूर्वप्रधानन्यायाधीश रेग्मीले भनेका छन्– “निर्वाचन भनेको मतदाताको हात माथि हुनु हो । मतदान गरे पछि पछुताउनुको कुनै अर्थ हुँदैन । अबको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो ।”

उनले बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको विजयादशमीका अवसरमा सबै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १ : ३९ बजे

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा