बैतडीको भगवती मन्दिरमा बलिसहित जात्रा « Khabarhub

बैतडीको भगवती मन्दिरमा बलिसहित जात्रा


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज बलिसहित  जात्रा हुँदैछ । दशरथचन्द नगरपालिका– २ देहीमाडौँमा रहेको उक्त  मन्दिरमा  आइतबार विषेश पूजाआजासहित जात्रा सुरु भएकामा आज पशु बलि हुन लागेको हो । 

निङगलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराका अनुसार घटस्थापनादेखि नित्य पूजा भई महासप्तमीको अवसरमा विषेश पूजाआजा र आज बलिसहित जात्रा भएको छ । हरेक वर्षको महाष्टमीमा निङलाशैनी भगवतीमा बोका र राँगाको बलिसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगाबोका पुर्‍याउने चलन रही आएको छ ।

महाष्टमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको छ । महाअष्टमीका दिन सुदूरपहाडमै बढी सङ्ख्यामा यहाँ पशुबलि दिइन्छ । निङलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा-टाढाका भक्तजनसमेत आउने गरेको स्थानीय रमेश बोहराले बताए । जात्राका लागि नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थी पुगेका छन् । निङलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ ।

निङ्लाशैनी भगवती मन्दिरमा एक वर्षमा चार पटक जात्रा हुने गर्दछ । महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मङ्सिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ । यसैबीच निङ्लाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्नका लागि देहीमाडौँ क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । 

मेला अवधिभर देहीमाडौँ बजार र आसपासका क्षेत्रमा मदिरा सेवन र बिक्रीमा रोक लगाइएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताए । मदिरा सेवन र बिक्रीका कारण विभिन्न खालका समस्या उत्पन्न हुने भएकाले दसैँको अवधिसम्म मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको हो । मदिराको कारोबार गर्ने र सेवन गर्नेलाई कानुनी कारबाही गरिने समितिले जनाएको छ । 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : २७ बजे

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा