जिल्ला अस्पतालको सेवा तीन दिन बन्द हुने « Khabarhub

जिल्ला अस्पतालको सेवा तीन दिन बन्द हुने


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला अस्पताल लमजुङले विजया दशमीको अवसरमा तीन दिन सेवा बन्द गर्ने भएको छ । असोज १८ गते नवमीदेखि २० गतेसम्म अस्पतालको प्रशासन तथा बहिरङ्ग सेवा बन्द गर्ने भएको हो । अस्पतालले एक सूचना जारी गरी प्रशासन तथा बहिरङ्ग विभाग बन्द हुने जनाएको छ ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार प्रशासन तथा बहिरङ्ग विभाग बन्द गरिए पनि अस्पतालले प्रदान गर्दै आएको आकस्मिक तथा अन्तरंग सेवा भने सञ्चालन हुनेछ । साथै डाइलासिसप्रसूति सेवा पनि यथावत रुपमा नै सञ्चालन गरिने उनले बताए  । 

चाडपर्वमा अस्पतालमा कार्यरत कर्मचारी दशैँ मनाउन घरमा जाने भएकाले प्रशासन तथा बहिर्गत सेवा बन्द गरिने अस्पतालले जनाएको छ । 

 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : ३६ बजे

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा