दसैँ मनाउँदा स्वास्थ्यलाई प्राथमिकतामा राख्न सुशील कोइराला फाउन्डेसनको आह्वान | Khabarhub Khabarhub

दसैँ मनाउँदा स्वास्थ्यलाई प्राथमिकतामा राख्न सुशील कोइराला फाउन्डेसनको आह्वान


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुशील कोइराला मेमोरियल फाउन्डेसनले डेङ्गु रोगको सङ्क्रमण बढिरहेकाले सचेततापूर्वक महान् पर्व बडादसैँ मनाउन आह्वान गरेको छ । नेपालीको महान् पर्व बडादसैँ, दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री कोइरालाका नाममा खुलेको फाउन्डेसनले चाडबाड मनाउँदा स्वास्थ्यलाई पनि पहिलो प्राथमिकतामा आग्रह गरेको हो । 

फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गरेको विज्ञप्तिमा चाडबाडको खुसियालीसँगै रोगको सङ्क्रमण बढ्न नदिन सचेत रहनुपर्नेतर्फ सबैको ध्यानाकृष्ट गराएको हो । कोरोनाको जोखिमसमेत पूर्ण रुपमा अन्त्य नभएकाले लापरबाही गर्नु नहुने फाउन्डेसनको आग्रह छ ।

फाउन्डेसनले बडादसैँ, तिहार र छठलगत्तै हुन लागेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संविधानसभाबाट जारी भएपछिको दोस्रो संसदीय निर्वाचनमा पनि अहिलेदेखि सक्रिय हुन आम जनसमुदायमा अनुरोध गरेको छ । संविधानसभाबाट जारी भएको संविधान च्यात्न केही शक्ति सक्रिय भएको देखिएकाले त्यसको संरक्षणका लागि जुट्न पनि फाउन्डेसनले लोकतन्त्रप्रेमी जनसमुदायमा आग्रह गरेको हो । संविधानको रक्षाका लागि निर्वाचनमा धेरैको सक्रिय सहभागिता आवश्यक पर्नेमा फाउन्डेसनले जोड दिएको छ ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्ने प्रधानमन्त्री सुशील कोइरालाका नामबाट खुलेको फाउन्डेसनले वर्तमान संविधानको रक्षाका लागि जनस्तरमा पुगेर विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । फाउन्डेसनको संरक्षकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ३ : १३ बजे

संगठन कमजोर बनाएर पार्टी मजबुत हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले संगठनलाई कमजोर बनाएर पार्टी

जमुनी सिँचाइ आयोजना अनुगमनमा मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १० करोडको लागतमा निर्माण

लोकल रक्सीको ब्राण्डिङ र बजारीकरण कति सम्भव ?

काठमाडौं – आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सरकारले

नयाँ बसपार्कमा एकदिने आँखा शिविर सञ्चालन

काठमाडौं– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोंगवु नयाँ बसपार्कमा एकदिने

तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ : पूर्वराष्ट्रपति

पाटन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु