दसैँ मनाउँदा स्वास्थ्यलाई प्राथमिकतामा राख्न सुशील कोइराला फाउन्डेसनको आह्वान « Khabarhub

दसैँ मनाउँदा स्वास्थ्यलाई प्राथमिकतामा राख्न सुशील कोइराला फाउन्डेसनको आह्वान


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुशील कोइराला मेमोरियल फाउन्डेसनले डेङ्गु रोगको सङ्क्रमण बढिरहेकाले सचेततापूर्वक महान् पर्व बडादसैँ मनाउन आह्वान गरेको छ । नेपालीको महान् पर्व बडादसैँ, दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री कोइरालाका नाममा खुलेको फाउन्डेसनले चाडबाड मनाउँदा स्वास्थ्यलाई पनि पहिलो प्राथमिकतामा आग्रह गरेको हो । 

फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गरेको विज्ञप्तिमा चाडबाडको खुसियालीसँगै रोगको सङ्क्रमण बढ्न नदिन सचेत रहनुपर्नेतर्फ सबैको ध्यानाकृष्ट गराएको हो । कोरोनाको जोखिमसमेत पूर्ण रुपमा अन्त्य नभएकाले लापरबाही गर्नु नहुने फाउन्डेसनको आग्रह छ ।

फाउन्डेसनले बडादसैँ, तिहार र छठलगत्तै हुन लागेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संविधानसभाबाट जारी भएपछिको दोस्रो संसदीय निर्वाचनमा पनि अहिलेदेखि सक्रिय हुन आम जनसमुदायमा अनुरोध गरेको छ । संविधानसभाबाट जारी भएको संविधान च्यात्न केही शक्ति सक्रिय भएको देखिएकाले त्यसको संरक्षणका लागि जुट्न पनि फाउन्डेसनले लोकतन्त्रप्रेमी जनसमुदायमा आग्रह गरेको हो । संविधानको रक्षाका लागि निर्वाचनमा धेरैको सक्रिय सहभागिता आवश्यक पर्नेमा फाउन्डेसनले जोड दिएको छ ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्ने प्रधानमन्त्री सुशील कोइरालाका नामबाट खुलेको फाउन्डेसनले वर्तमान संविधानको रक्षाका लागि जनस्तरमा पुगेर विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । फाउन्डेसनको संरक्षकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ३ : १३ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका