नेपाली चलचित्रमाथि षड्यन्त्र भइरहेको भन्दै चलचित्रकर्मीद्वारा आन्दोलनको चेतावनी  « Khabarhub

नेपाली चलचित्रमाथि षड्यन्त्र भइरहेको भन्दै चलचित्रकर्मीद्वारा आन्दोलनको चेतावनी 


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्रकर्मीले नेपाली चलचित्रलाई हलहरूले शो नदिएर चलचित्र नै बन्न नदिने नियतले एकपछि अर्को षड्यन्त्र भइरहेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् । बाबरी चलचित्रका विषयमा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चलचित्र चल्न नदिन हलहरुमा शो नदिने र अनेकन दुःख दिने गतिविधिहरू भइरहेको भन्दै राज्यलाई तत्काल नीतिनियममा सुधार गर्न आग्रह गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । 

उक्त चलचित्रका निर्माता समेत रहेका नायक नबल खड्काले देशमा विदेशी फिल्मको दलाली भइरहेकोले आन्दोलनमा जाने बताए । निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमाथि सदैव समस्या पार्ने गतिविधि हुँदै आएकोमा सरकारले नीति नियम बनाएर समाधान गर्नुपर्ने बताए ।

चलचित्र नायक धीरज मगरले बाबरी चलचित्रले दर्शकको माया पाइरहेपनि शो नपाइरहेकामा आपत्ती जनाए । बाबरी चलचित्रकी नायिका अदिति बुढाथोकीले नेपाली चलचित्रहरूको विकास गर्ने परिवेश निर्माण भएमा मात्र नेपालको हित हुने बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : ३६ बजे

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा