श्यामा कपडा लोप हुँदै « Khabarhub

श्यामा कपडा लोप हुँदै


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– तामाङ र ह्योल्मो समुदायका महिलाहरूले प्रयोग गर्ने मौलिक वेशभूषा श्यामा कपडा यो समुदायमा लोकप्रिय मानिन्छ । श्यामा बुनेर नै जीवन चलाएका वृद्धा महिलाहरूको परम्परागत सीपलाई नयाँ पुस्ताले बेवास्ता गरेपछि भने यो पेशा नै लोप हुने अवस्थामा पुगेको छ । हातले बुनिएको श्यामा कपडा हिजोआज मुस्किलले मात्र पाइन्छ ।

सिन्धुपाल्चोकको विकट बस्ती पाँचपोखरी थाङ्पाल गाउँपालिका-४ मानेखर्कका स्थानीयवासीले कुनै समयमा प्रत्येक घरधुरीमा श्यामा कपडा उत्पादनका लागि तान बुन्ने गर्थे । तर अहिले दुई चार घरमा मात्र पाका पुस्ताका महिलाहरूले श्यामा बुनेर आफ्नो दैनिकी कटाउने गरेका छन् । बजारमा हातले बुनेको श्यामा कपडाको माग धेरै भए पनि परम्परागत सीपलाई नयाँ पुस्ताले बेवास्ता गर्दा मागबमोजिमको उत्पादन हुन नसकेको स्थानीयवासी ग्याल्मु लामाले बताए ।

मेसिनबाट बनाइएको श्यामा कपडा गाउँघरमा भित्रिनाले पनि हाते बुनाइ ओझेलमा परेको हो । तर तान लगाएर हातले बुनेको श्यामा जस्तो गुणस्तरीय नभएपछि कतिपय ग्राहक हातले बुनेको श्यामा खोज्दै घरसम्मै आउँछन् । एक पटकको तानबाट १२ वटासम्म श्यामा बुन्न सकिन्छ । तान बुन्नका लागि आवश्यक पर्ने हाते सामग्रीहरू सबै गाउँघरमै पाइने काठ, बाँस, मुढाबाट तयार गरिन्छ । यो कपडाबाट श्यामा मात्र नभई झोला, थैली जस्ता विभिन्न सामग्री बनाउन सकिने अर्का स्थानीयवासी बाबुराम लामाको भनाइ छ ।

यहाँ उत्पादन भएको श्यामा कपडा गाउँपालिकाभित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्क, जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथाङलगायत भारत, बेलायत, अमेरिकामा रहेका तामाङ समुदायमा अत्यधिक माग हुने गरेको छ । सुरुआतमा एउटा श्यामाको मूल्य एक सय ८० थियो । अहिले रु एक हजार आठ सयदेखि दुई हजार दुई सयसम्म पर्छ ।

वृद्ध भएसँगै तान बुन्नेको सङ्ख्या कम हुँदै गएपछि पछिल्लो पुस्ताले श्यामा भनेको नै के हो भनेर बिर्सिन्छ की भन्ने चिन्ता व्यक्त  स्थानीय नोर्चिन लामालाई । परम्परागत पेशालाई संरक्षणका लागि स्थानीय तहले युवा पुस्तालाई आकर्षित गर्न तालिमको व्यवस्था र नयाँ पुस्ताले यसको महत्त्व बुझेर निरन्तरता दिए आम्दानीको राम्रो स्रोत हुने र श्यामा व्यवसाय पनि लोप नहुने स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ५ : ३३ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण