कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन | Khabarhub Khabarhub

कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ।

निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ जग्गा नापजाँच भइरहेका बेला आयोगले कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेखेको हो।

जिल्ला निर्वाचन कार्यालयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन दिएको छ।

‘आयोगबाट यसपूर्व नै प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गर्न भूमि आयोग, ताहाचल, काठमाडौलाई निर्देशन दिने निर्णय’ भएको तथा त्यसबारे भूमि आयोगलाई पत्राचारसमेत भइसकेको उल्लेख गरिएको छ।

स्पष्टीकरणपत्रमा भनिएको छ, ‘त्यस नगरपालिकाले समेत आफू र आफ्नो मातहतबाट भइरहेका जग्गा नापजाँच लगायतका कार्यहरु तत्काल स्थगित गरी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म उक्त कार्यहरू नगर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्देशन दिइएको व्यहोरा निर्णयानुसार अनुरोध छ।’

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ७ : १७ बजे

ह*त्या गरेको अभियोगमा पक्राउ

ललितपुर- श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट श्रीमान् पक्राउ परेका छन्

रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल

राजेन्द्र गौतमले भने- विद्याको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र

बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ

काठमाडौं- ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर मुद्दाका फरार