देश समृद्धि बनाउन गठबन्धनलाई जिताउऔँ : शेखर कोइराला « Khabarhub

देश समृद्धि बनाउन गठबन्धनलाई जिताउऔँ : शेखर कोइराला


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गरेका छन् ।

विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा आज आयोजित कोणसभामा उनले कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरे । नेता कोइरालाले विराटनगरलाई व्यवस्थित सहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गरे । नगर भएर बग्ने दुई खोला केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने उनले धारणा राखे ।

केशलिया खोलामा सुनसरीको दुहवीदेखि विराटनगरको रानीसम्म सडक करिडोर निर्माण गर्न रु १४ अर्बको योजना अगाडि बढेको डा कोइरालले सो अवसरमा जानकारी दिए। उनले लोकतन्त्रलाई सुदृढीकरण गर्न, संविधानको रक्षा गर्न र भ्रष्टाचार नियन्त्रणका लागिसमेत आगामी निर्वाचनमा गठबन्धन दलले जित्नुपर्ने आवश्यक्ता औँल्याए ।

राष्ट्रियसभामा कांग्रेसका नेता रमेशजङ्ग रायमाझीले नगरलाई दोस्रो ठूलो सहरको रुपमा विकासमा गर्न गठबन्धन दलका उम्मेदवारको विजयी सुनिश्चित गराउन आग्रह गरे। राष्ट्रियसभाका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गोपी अछामीले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवार जित्नुपर्ने बताए।

मोरङ क्षेत्र नं ६ मा कांग्रेसबाट समानुपातिकतर्फका उम्मेदवार चुमनारायण तवदारले रोजगारी सिर्जनाका लागि उद्योगको स्थापना, प्राविधिक शिक्षा र बाढीबाट नगरको संरक्षणका लागि तटबन्ध निर्माण गर्न गठबन्धनको जित आवश्यक रहेको धारणा राखे। मोरङ क्षेत्र नं ६ ‘क’ मा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्यले शिक्षा, स्वास्थ्य, सुकुम्बासी समस्या समाधान र नगरको भौतिक पूर्वाधार निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १० : ४३ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क