प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा « Khabarhub

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– जिल्ला निर्वाचन कार्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त  कार्यालयले आज भद्रपुरमा आयोजना गरेको ‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक कार्यक्रममा निर्वाचन अधिकृत तुलसीकुमार नेपालले निर्वाचनको तयारीका विषयमा जानकारी गराएका हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिए पछि कूल मतदाताको सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ पुगेका र तीमध्ये तीन लाख ३१ हजार ४४ पुरुष र तीन लाख ३२ हजार दुई सय ५९ महिला रहेको उनले जानकारी गराए । त्यस्तै जिल्लामा  आठ अन्य समूहका मतदाताको सङ्ख्या रहेको छ । जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको सङ्ख्या एक हजार दुई सय १५ बढी रहेको बताइएको छ । 

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा धेरै मतदाता क्षेत्र नं-५ मा रहेको र सबभन्दा कम क्षेत्र नं-१मा रहेको जिल्ला निर्वाचन अधिकृत नेपालले बताए । उनका अनुसार क्षेत्र नं १ मा मतदाताको सङ्ख्या एक लाख २० हजार तीन सय ७५ रहेको र क्षेत्र नं ५ मा  एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेका छन् 

जिल्लामा सात सय ६६ मतदान केन्द्र र दुई सय ८५ वटा मतदानस्थल कायम गरिएको निर्वाचन अधिकृत नेपालले बताए। जिल्लामा दुई वटा मतदानस्थल अस्थायी रुपमा तयारी गरिएकामा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि एउटा र प्रहरी, कर्मचारीलगायतका लागि जिल्लामा अर्को रहेको छ । 

जिल्लाभर छ हजार दुई सय ४२ जनाको अस्थायी मतदाता नामावली तयारी गरिएको र उनीहरुलेसमेत मतदानमा सहभागिता जनाउने भएका छन् । कार्यक्रम मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १२ : ५० बजे

कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन

काठमाडौं– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको

ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द

दमौली– ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा

यामाहाले मनायो ७१ औँ वार्षिकोत्सव

काठमाडौं– यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा

नाटोप्रति ट्रम्पको असन्तुष्टि

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’

खामेनीको अन्त्येष्टिअघि क्रान्तिकारी गार्ड प्रमुख वाहिदी सार्वजनिक

दुबई- इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्‍टि