भारतले विश्वकप उपाधि जित्न सक्ला ? | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट

भारतले विश्वकप उपाधि जित्न सक्ला ?

'अष्ट्रेलिया, इंग्ल्याण्ड र न्युजिल्याण्डसँग भिड्नै बाँकी छ'


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बुधबार बंगलादेशलाई हराएपछि अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने भारतको सम्भावना बलियो बनेको छ । यद्यपी यो टिमलाई विश्वकप जित्ने दाबेदारमध्येको प्रमुख टिम मानिन्छ ।

अष्ट्रेलियाकै घरेलु मैदानमा ‘वार्म अप’ खेलमा कंगारु टोलीलाई पराजित गरेपछि यो टिमको आत्मविश्वास बढेको थियो । विश्वकपको पहिलो खेलमा पाकिस्तानलाई लगभग असम्भव ठानिएको खेलमा पनि विराट कोहलीले ४ विकेटको जित दिलाएपछि झन् भारतले विश्वकप जित्नेमा शतप्रतिशत सम्भावना थपिएको छ ।

तर समूह चरणकै खेलमा पाकिस्तानलाई हराएपनि दक्षिण अफ्रिकासँग हारेको भारत बंगलादेशसँग पनि जित निकाल्न अन्तिम बलसम्म संघर्ष गर्नु परेको थियो । यद्यपी यसको कारक तत्वमा वर्षा पनि रह्यो । लिटन दासको आक्रामक ब्याटिङ अगाडि असफल सावित भएका भारतीय बलरहरुलाई आफ्नो आत्मविश्वासमा अझै शंका छ ।

यस्तो अवस्थामा ९ वर्षपछि आइसीसीको उपाधि खडेरी तोड्ने रोहित शर्मा नेतृत्वको भारतीय टिमलाई विश्वकप जित्न जति चुनौति छ, त्यति नै हतारो पनि छ । किनकी सचिन तेन्दुलकरपछि विश्व क्रिकेटका महान खेलाडी ठानिने विराट कोहली यतिबेला करियरको उच्च लयमा छन् ।

जसले जतिबेला पनि खेललाई भारतको जितमा परिणत गर्न सक्छन् । पाकिस्तान र बंगलादेशविरुद्धको खेलमा उनले फेरि एकपटक आफूलाई प्रमाणित गरिसकेका छन् । पाकिस्तानविरुद्ध उनले नटआउट ८२ रन बनाउँदा अन्तिम दुई ओभरमा भारतको जितलाई सम्भव पारेका थिए ।

बंगलादेशविरुद्ध पनि सबै केएल राहुलपछि सबै ब्याटर सस्तैमा आउट हुँदा विस्तारै खेल्दै भारतको योगफल १८५ रनमा पुर्याएका थिए । नटआउट ६४ रन बनाएका कोहलीले जारी विश्वकपमा यो तेस्रो अर्धशतक हो । दक्षिण अफ्रिकाविरुद्ध भने उनको ब्याट चलेन ।

उनको ब्याट नचल्दा भारतले हार व्यहोरेको थियो । अब भारतले अन्तिम खेल जिम्बाबेसँग खेल्नेछ । ग्रुप २ को शीर्ष स्थानमा रहेको भारतले अन्तिम खेल पनि जितेमा सेमिफाइनल पुगेर न्युजिल्याण्ड, इंग्ल्याण्ड वा अष्ट्रेलियासँग खेल्नेछ ।

यो अवस्थामा आइपुग्दा भारतले विश्वकप जित्न सक्ला ? यो प्रश्न धेरै भारतीय क्रिकेटप्रेमी मात्रै होइन, विश्व क्रिकेटमै सबैभन्दा धेरै उठेको प्रश्न छ । बंगलादेशी क्रिकेट टिमका कप्तान शकिब अल हसनले भारत विश्वकप जित्न अष्ट्रेलिया आइपुगेको बताउँदा कोहलीले त्यसलाई सम्भव पार्न सक्ने बयान दिएका छन् ।

धेरै देशका क्रिकेटरले कोहलीको उच्च फर्मकै कारण भारतले विश्वकप जित्न सक्ने अनुमान गरेका छन् । त्यसमाथि टी–ट्वान्टीका सबैभन्दा विष्फोटक ब्याटरका रुपमा सूर्यकुमार यादव पनि प्रमुख खेलाडी छन् । जो दुई दिनअघि मात्रै टी–ट्वान्टी ब्याटरको नम्बर १ स्थानमा उक्लिएका छन् ।

विश्वकै उत्कृष्ट ब्याटर कोहली, वर्तमानमा नम्बर १ ब्याटर सूर्या र आइपीएलका सफल रोहित शर्माको कप्तानीमा भारतले विश्वकप जित्ने प्रमाण बलियो बन्दै गएका छन् । तर भारत यसअघिका प्राय विश्वकपमा सेमिफाइनलबाटै घर फर्किएको छ ।

गएको टी–ट्वान्टी विश्वकपमा त झन् भारत सेमिफाइनल पुग्नै सकेन । यस्तो अवस्थामा भारतीय टोलीले ट्रफी उचाल्छ भनेर किटान गर्न गाह्रो छ । यद्यपी भारतको यो विश्वकपको सबैभन्दा बलियो दाबेदार भने हो ।

केएल राहुलबाहेक भारतीय ब्याटर जति सशक्त छन्, बलरमा धेरै कमजोरी छन् । विराट कोहलीको कप्तानीमा बलर सबैभन्दा शक्तिशाली वा प्रभावशाली हुन्थे । तर रोहित शर्माको कप्तानीमा बलरको भूमिकामाथि धेरै प्रश्न छन् ।

जस्प्रित बुम्राह टिममा छैनन् । भुवनेश्वर कुमार धेरै खर्चिला छन् । अर्शदीप सिंह केही भरोसायोग्य छन् । तर उनमा मात्रै खेल जिताउन सक्ने शक्ति रहँदैन । मोहम्मद शामी र रविचन्दन आश्विन टेस्ट बलर हुन् । उनीहरुले टी–ट्वान्टी खेललाई जितमा ‘टर्निङ’ गराउन चुनौति छ ।

हार्दिक पाण्ड्या र अक्षर पटेलको अलराउण्डर प्रदर्शनमा पर्याप्त भरोसा गर्ने ठाउँ देखिदैन । फिनिसरको भूमिकामा रहेका दिनेश कार्तिकले जारी विश्वकपका कुनै पनि खेलमा फिनिशिङ गरेका छैनन् । यद्यपी उनको विकेटकिपर भूमिका सशक्त छ ।

भारतीय ब्याटिङ पनि अहिले रोहित शर्मा र विराट कोहलीको भरमा छ । कोहली र रोहित चलेको खेलमा भारतको जित सम्भव देखिन्छ । राहुल र सूर्या जति विष्फोटक ब्याटिङ गर्छन्, उनीहरु संयमित छैनन् । यसकारण भारतीय टिममा तमाम कमजोरी छन् । जसकारण उनीहरुको विश्वकप जित्ने सपना यसपटक पनि चकनाचुर हुन सक्छ ।

तर क्षमता र अद्भुत सम्भावना भएका खेलाडी भारतीय टिममै छन् । त्यसकारण यो टिम विश्वकपको सबैभन्दा दाबेदार हो । न्युजिल्याण्डबाहेक अष्ट्रेलिया र इंग्ल्याण्डको प्रदर्शनमा पनि एकरुपता छैन । यस्तोमा दक्षिण अफ्रिकाको सम्भावना पनि नकार्न सकिन्न ।

न्युजिल्याण्ड र दक्षिण अफ्रिकी टिममा उत्कृष्ट बलर छन् । जसले जतिबेला पनि खेलमा पास पल्टाउन सक्छन् । यी चार टिमको बलिया र कमजोर पक्ष चिनेर भारतले अगाडिका खेल खेलमा उसको सपना साकार हुने देखिन्छ, अन्यथा यसपटक पनि दोस्रोपटक भारतको टी–ट्वान्टी विश्वकप जित्ने सपना चकनाचुर भइदिन सक्छ ।

भारतले पहिलोपटक सन् २००७ मा घरेलु मैदानमा आयोजित टी–ट्वान्टी विश्वकप जितेको थियो । त्यसबाहेक तीन पटक फाइनल पुगेपनि भारतले उपाधि जित्न सकेको छैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १ : २४ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड