सुनको मूल्य चार सय रुपैयाँले घट्यो « Khabarhub

सुनको मूल्य चार सय रुपैयाँले घट्यो


१७ कार्तिक २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पाचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। केही दिनदेखि बढिरहेको सुनको मूल्य बिहीबार तोलामा चार सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार दुई रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ। 

यसअघि बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार दुई सय १५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला एक हजार दुई सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १ : ३३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम