घोडेपानीमा घोडादौड प्रतियोगिता « Khabarhub

घोडेपानीमा घोडादौड प्रतियोगिता


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

घोडेपानी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज भएको तेस्रो घोडादौड प्रतियोगितामा कास्कीको चुइलेका हितमान गुरुङ प्रथम भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्कबाट घोडेपानीसम्मको सात दशमलव पाँच किलोमिटर दूरी २५ मिनेट ३८ सेकेन्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको हो । पच्चीस मिनेट ३८ सेकेन्डमा दूरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गरेर तेस्रो भएका हुन् ।

घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको प्रतियोगितामा विजयी भएका गुरुङको घोडा दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । प्रथम, द्वितीय र तृतीयलाई क्रमश ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा आयोजित प्रतियोगिताको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले उद्घाटन गरेका थिए ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताए । घोडादौड अवलोकनका लागि स्थानीयवासीका साथै पर्यटकको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ७ : ४२ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज