घोडेपानीमा घोडादौड प्रतियोगिता « Khabarhub

घोडेपानीमा घोडादौड प्रतियोगिता


१७ कार्तिक २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

घोडेपानी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज भएको तेस्रो घोडादौड प्रतियोगितामा कास्कीको चुइलेका हितमान गुरुङ प्रथम भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्कबाट घोडेपानीसम्मको सात दशमलव पाँच किलोमिटर दूरी २५ मिनेट ३८ सेकेन्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको हो । पच्चीस मिनेट ३८ सेकेन्डमा दूरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गरेर तेस्रो भएका हुन् ।

घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको प्रतियोगितामा विजयी भएका गुरुङको घोडा दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । प्रथम, द्वितीय र तृतीयलाई क्रमश ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा आयोजित प्रतियोगिताको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले उद्घाटन गरेका थिए ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताए । घोडादौड अवलोकनका लागि स्थानीयवासीका साथै पर्यटकको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ७ : ४२ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य