दार्चुलाबाट दुई किलो चरेससहित एक पुरुष पक्राउ « Khabarhub

दार्चुलाबाट दुई किलो चरेससहित एक पुरुष पक्राउ


१७ कार्तिक २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धनगढी – दुई किलो चरेससहित दार्चुला प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दान सिंह धामी रहेका छन् ।

लागूऔषध चरेस बोकेर ल्याएको भन्ने विषेश सूचनाका आधारमा आज दिउँसो अपी हिमाल ५ लुम्टी बस्ने ४४ वर्षीय धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

से १ ज ६१८ नम्बरको गाडीमा यात्रा गरिरहेका उनलाई चेक जाँच गर्नेक्रममा दुई किलो चरेस फेला परेको इलाका प्रहरी कार्यालय लटिनाथका इन्सपेक्टर राजेश शाहीले बताए ।

पक्राउ परेका धामीको साथमा लुकाएर राखेको अवस्थामा अझैँ चरेस रहेको खुलेको तर, कति परिमाणमा चरेश छ भन्ने नखुलेको शाहीले जानकारी दिए ।

धामी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन एमाले नेता कार्यकर्ता बोकेको गाडीमा सवार थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : ०३ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम