नमूना मतदानमा शतप्रतिशत मत सदर « Khabarhub

नमूना मतदानमा शतप्रतिशत मत सदर


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- आसन्न निर्वाचनको तयारीलाई लक्षित गरी आज कैलालीको सुख्खडमा गरिएको नमूना मतदानमा शतप्रतिशत मत सदर भएको छ ।

सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमूना मतदानमा ४२ खसेकामा सबै मत सदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयको पहलमा भएको नमूना मतदानमा घोडाघाडी नगरपालिकाका प्रमुख खड्क रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयंसेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए ।

सो अवसरमा नगरप्रमुख रावतले नमूना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत सङ्ख्या घट्ने बताए । निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले यही मङ्सिर ४ गते हुने निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदान सम्बन्धमा जानकारी दिने उद्देश्यले नमूना मतदान गरिएको बताए । जिल्लाका अन्य ठाउँमा पनि नमूना मतदानको तयारी गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ९ : १४ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ