संविधान जोगाउन गठबन्धन आवश्यक छ : भीमसेनदास प्रधान | Khabarhub Khabarhub

संविधान जोगाउन गठबन्धन आवश्यक छ : भीमसेनदास प्रधान


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनमा गठबन्धन आवश्यक भएको बताएका छन् ।

संविधानकै रक्षाका लागि राजनीतिक दलहरु कांग्रेसको नेतृत्वमा अघि बढ्न सहमति जनाएको उनाले बताए। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता प्रधानले आसन्न निर्वाचनमा नागरिक खासै उत्साहित हुन नसकेको अनुभव आफूले घरदैलो अभियानको क्रममा गरेको बताए ।

जनताको समस्या समाधान गर्ने हिसाबले नेताहरु पुग्नुपर्ने विचार उनले व्यक्त गरे । काठमाडौँ सम्पदाको सहर भएको उल्लेख गर्दै नेता प्रधानले काठमाडौँलाई नमूनाको सहर बनाइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वरिष्ठ पत्रकार तेजप्रकाश पण्डित, कुलचन्द्र वाग्ले, नेपाली कांग्रेसका नेता हरिसिंह केसी लगायतले निर्वाचनमा कांग्रेसले विगतको साखलाई समेत जोगाएर निर्वाचनबाट नयाँ उचाइ हासिल गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ९ : २० बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका