पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा « Khabarhub

पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोर्चुगललाई २-१ गोल अन्तरले पराजित गर्दै दक्षिण कोरिया कतार फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

कतारको एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि पुनरागमन जित निकालेको हो। सुरुआती अग्रता पोर्चुगलले बनाएको थियो।

खेलको पाँचौं मिनेटमा पोर्चुगलका लागि रिकार्डो होर्टाले गोल गरेका थिए। खेलको २७ औं मिनेटमा किम योङ जीओनले खेललाई बराबरीमा फर्काए।

खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २–१ को जित दिलाएका हुन्। जितसँगै कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

कोरियासँग पराजित पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। पोर्चुगलले ३ खेलमा ६ अंक जोडेको छ भने कोरियाले ३ खेलमा ४ अंक जोडेको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : २२ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको