सर्बियालाई पराजित गर्दै स्वीट्जरल्यान्ड विश्वकपको नकआउट चरणमा « Khabarhub

सर्बियालाई पराजित गर्दै स्वीट्जरल्यान्ड विश्वकपको नकआउट चरणमा


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वीट्जरल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

शक्रबार राति स्टेडियम ९७४ मा भएको खेलमा सर्बियालाई ३–२ गोल अन्तरले हराउँदै स्वीट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको हो।

स्वीट्जरल्यान्डका लागि शेरदान शाकिरीले २० औं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए।

सर्बियाका लागि खेलको २६ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै खेललाई बराबरीमा फर्काए।

३५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए। त्यसको नौ मिनेटमै खेलको ४४ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्वीट्जरल्यान्डलाई २–२ को बराबरीमा फर्काए।

त्यसपछि खेलको ४८ औं मिनेटमा रिमो फ्रयुलेरले गोल गर्दै स्वीट्जरल्यान्डलाई ३–२ गोल अन्तरको जित दिलाएका हुन्।

जितसँगै स्वीट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

स्वीट्जरल्यान्डले ३ खेलमा ६ अंक जोडेको छ भने ३ खेलमा १ अंक जोडेर सर्बिया विश्वकपबाट बाहिरिएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : ३२ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको