विमानस्थलमा सहज आवतजावतका लागि त्रिपक्षीय समझदारीमा हस्ताक्षर « Khabarhub

विमानस्थलमा सहज आवतजावतका लागि त्रिपक्षीय समझदारीमा हस्ताक्षर


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली व्यवसायी संघ कतारमा आवद्ध रहेर कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज आवातजावतको सुविधा पाउने भएका छन।

नेपाली व्यवसायी संघ कतारमा आवद्ध रहेर कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज आवातजावतका लागि नेपाल सरकार र संघबीच सम्झौता भएको नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईंले जानकारी दिए।

शुक्रबार नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँबरको उपस्थितीमा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आयार्च, वैदेशिक रोजगार बोर्डकी निर्देशक मैया कडेल र नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले समझदारीमा हस्ताक्षर गरेका छन्।

अब नेपाली व्यवसायी संघ कतारमा आबद्ध रहेका नेपाली व्यवसायीले त्रिभुवन विमानस्थलबाट आवातजावत गर्दा सहजिकरणको विशेष सुविधा पाउने छन भने संघले कतारमा रहेका प्रवासी नेपाली कामदारको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सरकारसँग सहकार्य गरेर काम गर्नेछ।

‘लामो समयदेखि हामीले उठाँउदै आएको माग सम्बोधन गरिदिनु भएकोमा श्रम मन्त्रालय परिवारप्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै कतारमा रहेका नेपाली कामदारको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सहकार्य गर्ने प्रतिवद्धता पनि जाहेर गर्दछौं’, अध्यक्ष चौलागाईले भने।

त्रिपक्षीय सम्झौताले वैदेशिक रोजगारमा जाने कामदारको हकहितको संरक्षण, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी आधिकारिक सूचना संप्रेषण, श्रम स्वीकृति उपलब्ध गराउने, कामदारलाई गन्तव्य मुलुकमा समस्या परेमा उद्दार गर्ने, राहत प्रदान गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनएकीकरण सम्बन्धि नेपाल सरकारको कार्यलाई सहयोग मिल्ने बताइएको छ।

हस्ताक्षर गरेको सम्झौता पत्रको समय दुई वर्षको हुनेछ। साथै तिनै पक्षको सहमतिका आधारमा समय सीमा थप गर्न सकिने कुरा पनि पत्रमा उल्लेख गरिएको छ। त्यस्तै सम्झौता पत्रमा उल्लेख गरिएका कुरालाई समय अनुसार संशोधन वा परिमार्जन गर्नु परेमा तिनै पक्षको समझदारीको आधारमा अगाडि बढाउने सहमति भएको बताइएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : ४७ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन