विमानस्थलमा सहज आवतजावतका लागि त्रिपक्षीय समझदारीमा हस्ताक्षर « Khabarhub

विमानस्थलमा सहज आवतजावतका लागि त्रिपक्षीय समझदारीमा हस्ताक्षर


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली व्यवसायी संघ कतारमा आवद्ध रहेर कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज आवातजावतको सुविधा पाउने भएका छन।

नेपाली व्यवसायी संघ कतारमा आवद्ध रहेर कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज आवातजावतका लागि नेपाल सरकार र संघबीच सम्झौता भएको नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईंले जानकारी दिए।

शुक्रबार नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँबरको उपस्थितीमा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आयार्च, वैदेशिक रोजगार बोर्डकी निर्देशक मैया कडेल र नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले समझदारीमा हस्ताक्षर गरेका छन्।

अब नेपाली व्यवसायी संघ कतारमा आबद्ध रहेका नेपाली व्यवसायीले त्रिभुवन विमानस्थलबाट आवातजावत गर्दा सहजिकरणको विशेष सुविधा पाउने छन भने संघले कतारमा रहेका प्रवासी नेपाली कामदारको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सरकारसँग सहकार्य गरेर काम गर्नेछ।

‘लामो समयदेखि हामीले उठाँउदै आएको माग सम्बोधन गरिदिनु भएकोमा श्रम मन्त्रालय परिवारप्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै कतारमा रहेका नेपाली कामदारको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सहकार्य गर्ने प्रतिवद्धता पनि जाहेर गर्दछौं’, अध्यक्ष चौलागाईले भने।

त्रिपक्षीय सम्झौताले वैदेशिक रोजगारमा जाने कामदारको हकहितको संरक्षण, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी आधिकारिक सूचना संप्रेषण, श्रम स्वीकृति उपलब्ध गराउने, कामदारलाई गन्तव्य मुलुकमा समस्या परेमा उद्दार गर्ने, राहत प्रदान गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनएकीकरण सम्बन्धि नेपाल सरकारको कार्यलाई सहयोग मिल्ने बताइएको छ।

हस्ताक्षर गरेको सम्झौता पत्रको समय दुई वर्षको हुनेछ। साथै तिनै पक्षको सहमतिका आधारमा समय सीमा थप गर्न सकिने कुरा पनि पत्रमा उल्लेख गरिएको छ। त्यस्तै सम्झौता पत्रमा उल्लेख गरिएका कुरालाई समय अनुसार संशोधन वा परिमार्जन गर्नु परेमा तिनै पक्षको समझदारीको आधारमा अगाडि बढाउने सहमति भएको बताइएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : ४७ बजे

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले

अभिनय छाडेर राजनीतिमा होमिएको दुई वर्षमै विजय बने तमिलनाडुका मुख्यमन्त्री

चेन्नई- तमिलगा भेत्री कडगम (टीभीके) का प्रमुख तथा अभिनेताबाट राजनीतिज्ञ

रास्वपाले आज ‘नीति मन्थन’ कार्यक्रम गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण

अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौँ– विश्वका विभिन्न देशमा आज जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका