विकृत निर्वाचन प्रणाली बदलौँ : गिरिराजमणि पोखरेल « Khabarhub

विकृत निर्वाचन प्रणाली बदलौँ : गिरिराजमणि पोखरेल


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लगेको टिप्पणी गरेका छन् ।

निर्वाचनको विकृत पक्ष झाँगिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले वामपन्थी समेत यो चेतबाट पृथक् नरहेको धारणा राखे ।

पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरूपको विषयमा जोडदार आवाज उठाउँदै आएको जिकिर गर्दै आफूहरूले भनेजस्तो नभएको हुनाले यसको औचित्य पुष्टि हुँदै गएको बताए ।

उनले निर्वाचनको विषयमा सोच्न बाध्य बनाएको र यस विषयमा सशक्त हस्तक्षेपकारी छलफल चलाउन आम पार्टी, बौद्धिक वर्ग र नागरिक समाजलाई आह्वान गरेका छन् ।

चुनाव परिचालनका नाममा हुने अघोषित शक्ति प्रदर्शनले चुनाव थप विकृत बन्दै गएको भन्दै नेता पोखरेलले विवेकपूर्ण मताधिकार बन्दी बन्दै गएको बताए ।

लगातार तीन पटक महोत्तरी-१ बाट विजयी भएका पोखरेल यो निर्वाचनमा भने एमालेका लक्ष्मी महतोसँग पराजित भएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : २२ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट