स्याङ्जा–२ : सङ्घ र प्रदेश दुवैमा कांग्रेसको अग्रता « Khabarhub

स्याङ्जा–२ : सङ्घ र प्रदेश दुवैमा कांग्रेसको अग्रता


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।

प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार दुई सय १३ मतले अगाडि छन् । बिहानसम्मको गणनाअनुसार गुरुङले २२ हजार चार सय ८० मत प्राप्त गर्दा अर्यालले २० हजार दुई सय ६७ मत ल्याएकी छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार दुई सय ३८ मत ल्याएका छन् । हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका १०, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३४ वडाको मगतणना सकिएको छ । अहिले गल्याङ नगरपालिकाको ११ नं वडाको मतगणना जारी रहेको छ । चापाकोट नगरपालिकाका १० वटा वडाको गणना बाँकी रहेको छ ।

त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिएका छन्। गणना सुरु भएदेखि नै पछाडि परेका भट्टराईले गल्याङ नगरपालिकाको गणना गरेपछि अग्रता लिएका हुन् । गल्याङ नगरपालिकाको १० नं वडासम्मको गणना सकिँदा भट्टराई एक सय ४२ मतान्तरसहित अगाडि छन् । भट्टराईले दश हजार दुई सय ६१ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले दश हजार एक सय १९ मत ल्याएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : २६ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना