भोट हालेर कामको खोजीमा भारत जाने बढे « Khabarhub

भोट हालेर कामको खोजीमा भारत जाने बढे


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको संख्या बढेको छ। पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको संख्या बढेको हो।

दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुर धामीले बताए। ‘चुनाव सकिएपछि अहिले भारततर्फ जानेको संख्या बढी छ, आउने कम छन्’, उनले भने, ‘दैनिक चार/पाँच सय नेपाली नागरिक भारततर्फ गइरहेका छन्।’

चुनावमा मतदानका लागि आएका नेपाली नागरिक फेरि कामको लागि भारत जान थालेका हुन्। ‘मतदानको लागि गाउँबाट फोन गरेर बोलाएका थिए, मतदान पनि गरे, स्वदेशमै रोजगारी केही छैन’, अछामका नागेश्र टमाटाले भने, ‘जीविकोपार्जन गर्नका लागि भारततर्फ जानुपर्छ।’ पाँच वर्षमा आउने चुनावमा मतदानबाट चुनिएका जनप्रतिनिधिले स्वदेशमै रोजगारी सिर्जना गरेर विदेशिनुपर्ने बाध्यता हटाउने पर्ने अछामका हर्कबहादुर बोहरा बताउँछन्।

‘चुनावको लागि बिदा मिलाएर भोट हाल्न आएको थिए, आफ्नो मताधिकारको प्रयोग गरे’, उनले भने, ‘चुनावको उत्सवमा मतदान गर्‍यौँ तर हाम्रा दुःख कोही देख्दैनन्, नयाँ जनप्रतिनिधिले पनि पुरानै व्यवहार नदेखाउन।’ स्वदेशमै रोजगारी सिर्जना नहुँदा कामको खोजीमा भारत पस्नुपरेको बाजुराका मङ्गल साउदले बताए। ‘स्वदेशमै मजदूरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउनै पाइँदैन’, उनले भने, ‘त्यसैले घरखर्च चलाउन भारत जानुपर्ने बाध्यता छ।’

संविधान निर्माणपश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको बैतडीका सन्तोष पन्तको भनाइ छ। ‘संविधान बनेपछि स्वदेशमै रोजगारी पाउने र देश विकास हुने अपेक्षा थियो’, उनले भने, ‘तर जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामको लागि विदेश जानुपर्ने बाध्यता छ।’ सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा क्रमिकरुपमा विकास भइरहेको भए पनि युवाले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ।

‘अहिलेसम्म भोट दिएर हामीले केही पाएका छैनौँ, जहिल्यै पनि ठगिएकै मात्रै छौँ’, बझाङका दुर्गा बोहराले भने, ‘नयाँ जनप्रतिनिधिले कामका लागि भारत जाने बाध्यता हटाउनुपर्छ, हामीले परदेशमै जीवन कटायौँ, हाम्रा सन्तानले यो समस्या भोग्नु नपरोस्।’ कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन्।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ११ : ३२ बजे

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा