भत्किएको मुहान नबन्दा चार सय हेक्टर जमिन बाँझै | Khabarhub Khabarhub

भत्किएको मुहान नबन्दा चार सय हेक्टर जमिन बाँझै


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक वर्षअघि मेचीनगर नगरपालिका–१४ मा रहेको हडिया रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको छ ।

गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान भत्काएको थियो । चार वर्षअघि एसियाली विकास बैंकको रु पाँच करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा पाँच सय किसानको चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो ।

वडा नं १४ का निवर्तमान अध्यक्ष शंकर पोखरेलका अनुसार नगरपालिका र डिभिजन सिँचाइ कार्यालय भद्रपुरले तत्काल परियोजना मर्मतका लागि पटकपटक प्रदेश सरकारसँग बजेट माग गरेका थिए । प्रदेश सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा परियोजनाको मर्मत अझै हुन नसकेको उनको भनाइ छ ।

उनले सो परियोजनाको मुहान मर्मतका लागि करिब रु एक करोड लाग्ने बताए । “परियोजना सञ्चालनमा आएपछि पाँच सय घरपरिवारको जमिन सिञ्चित भएको थियो”, उनले भने, “अहिले अधिकांश जमिन बाँझै छ, कतिपयले आकासे पानीको भरमा लगाएको धान खेतीसमेत फस्टाएन ।”

उनले तत्काल परियोजना मर्मतका लागि स्थानीय र प्रदेश सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे । “खेती गर्ने पानीको अरू विकल्प छैन”, उनले भने, “तत्काल परियोजनाको मुहान मर्मतका लागि नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सासंदले पहल गरिदिनुहुन्छ भन्ने अपेक्षा छ ।”

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ४ : ३५ बजे

झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा

सुरुङ्गा– झापामा जिल्ला प्रशासन कार्यालयले पुनः कर्फ्यु आदेश जारी गरेको

मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबै सेनाको गोप्य सुरक्षामा

काठमाडौं– प्रदर्शन, तोडफोड र आगजनी बढ्दै गएपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैलाई

कांग्रेस सांसद राजेन्द्र बजगाईंले दिए राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पदबाट राजीनामा दिएका छन्

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

पूर्वउपराष्ट्रपति पुनको घरमा आगजनी

काडमाडौँ – पूर्वउपराष्ट्रपति तथा नेकपा (माओवादी केन्द्र) का नेता नन्दबहादुर