सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग | Khabarhub Khabarhub

सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मतदान प्रक्रियामा सहभागी हुन र सही तरिकाले मतदान गर्न पर्साका सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग देखिएका छन् । हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खसेको मत सङ्ख्या र त्यसमा भेटिएको बदर मतको सङ्ख्याले सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग रहेको पुष्टि गरेको छ ।

चार निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा ६६ प्रतिशत मतदान हुँदा पाँच दशमलव शुन्य छ प्रतिशत मत बदर भएको छ भने क्षेत्र नं २ मा ६७ प्रतिशत मतदान हुँदा पाँच दशमलव दुई प्रतिशत मत बदर भएको छ । त्यसै क्षेत्र नं ३ मा ७१ प्रतिशत मतदान हुँदा चार दशमलव १२ प्रतिशत र क्षेत्र नं ४ मा ६९ प्रतिशत मतदान हुँदा तीन दशमलव ३८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाको सदरमुकामसमेत रहेको वीरगन्ज महानगरपालिकाअन्तर्गत पर्ने क्षेत्र नं १ मा खसेको ५१ हजार दुई सय ११ मतमध्ये दुई हजार पाँच सय ९१ र क्षेत्र नं २ मा खसेको ५८ हजार पाँच सय ४७ मतमध्ये तीन हजार ४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । उनले जिल्लाको ग्रामीण भेगमा पर्ने क्षेत्र नं ३ मा खसेको ६४ हजार तीन सय २४ मध्ये दुई हजार छ सय ५१ मत र क्षेत्र नं ४ मा खसेको ६२ हजार दुई सय १९ मध्ये दुई हजार एक सय तीन मत बदर भएको बताए ।

विसं २०७४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १० दशमलव शून्य नौ प्रतिशत मत बदर भएको तुलनामा यसपालिको निर्वाचनमा जिल्लाबाट कूल चार दशमलव चार प्रतिशत मात्र मत बदर भएको छ ।

मतदाता शिक्षालाई यसपालि निर्वाचन आयोगले प्राथमिकता दिएका कारण जिल्लामा बदर मतको सङ्ख्या कम देखिएको भए पनि सहरी क्षेत्रमा देखिएको बढ्दो बदर मतको सङ्ख्यालाई नियन्त्रण गर्न आयोगले विशेष रणनीति बनाउन आवश्यक देखिएको बताइन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ५ : ०५ बजे

सुनसरीको एक उद्योगमा आगलागी

सुनसरी – सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा