सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग « Khabarhub

सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मतदान प्रक्रियामा सहभागी हुन र सही तरिकाले मतदान गर्न पर्साका सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग देखिएका छन् । हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खसेको मत सङ्ख्या र त्यसमा भेटिएको बदर मतको सङ्ख्याले सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग रहेको पुष्टि गरेको छ ।

चार निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा ६६ प्रतिशत मतदान हुँदा पाँच दशमलव शुन्य छ प्रतिशत मत बदर भएको छ भने क्षेत्र नं २ मा ६७ प्रतिशत मतदान हुँदा पाँच दशमलव दुई प्रतिशत मत बदर भएको छ । त्यसै क्षेत्र नं ३ मा ७१ प्रतिशत मतदान हुँदा चार दशमलव १२ प्रतिशत र क्षेत्र नं ४ मा ६९ प्रतिशत मतदान हुँदा तीन दशमलव ३८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाको सदरमुकामसमेत रहेको वीरगन्ज महानगरपालिकाअन्तर्गत पर्ने क्षेत्र नं १ मा खसेको ५१ हजार दुई सय ११ मतमध्ये दुई हजार पाँच सय ९१ र क्षेत्र नं २ मा खसेको ५८ हजार पाँच सय ४७ मतमध्ये तीन हजार ४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । उनले जिल्लाको ग्रामीण भेगमा पर्ने क्षेत्र नं ३ मा खसेको ६४ हजार तीन सय २४ मध्ये दुई हजार छ सय ५१ मत र क्षेत्र नं ४ मा खसेको ६२ हजार दुई सय १९ मध्ये दुई हजार एक सय तीन मत बदर भएको बताए ।

विसं २०७४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १० दशमलव शून्य नौ प्रतिशत मत बदर भएको तुलनामा यसपालिको निर्वाचनमा जिल्लाबाट कूल चार दशमलव चार प्रतिशत मात्र मत बदर भएको छ ।

मतदाता शिक्षालाई यसपालि निर्वाचन आयोगले प्राथमिकता दिएका कारण जिल्लामा बदर मतको सङ्ख्या कम देखिएको भए पनि सहरी क्षेत्रमा देखिएको बढ्दो बदर मतको सङ्ख्यालाई नियन्त्रण गर्न आयोगले विशेष रणनीति बनाउन आवश्यक देखिएको बताइन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ५ : ०५ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय