पत्रकार भट्टराईको निधनमा महासंघले १३ दिन कामकाज ठप्प गर्ने « Khabarhub

पत्रकार भट्टराईको निधनमा महासंघले १३ दिन कामकाज ठप्प गर्ने


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासंघ सप्तरीको शनिबार बसेको आकस्मिक बैठकले महासंघको साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको छ ।

सप्तरी शाखाका संस्थापक अध्यक्ष एवं मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरीप्रसाद भट्टराईको निधन भएपछि पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा बेसेको बैठकले तीनवटा प्रस्ताव पारित गरेको छ ।

नेपाल पत्रकार महासंघ शोकमा रहेकोले महासंघले १३ दिनसम्म दैनिक कामकाज ठप्प गर्ने, शोक पुस्तिका राख्ने, महासंघको पुस २ गते गर्ने भनिएको साधारण सभा अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी भट्टराईको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरिएको सचिव रामनारायण विश्वासले जानकारी दिए ।

भट्टराईको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आज शनिबार हुने भनिएको साधारण सभामा सहभागी हुन शुक्रबार लालबन्दी गएका थिए ।

राति खाना खाएर कोठामा सुत्न गएका भट्टराई बिहान मृत फेला परेका थिए । भट्टराईको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : ३० बजे

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

मधेस सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको ओएण्डएम सर्वेक्षण स्वीकृत

जनकपुरधाम- मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको