कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते « Khabarhub

कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। शनिबार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोले अटोलाई ठक्कर दिएपछि दुर्घटना भएको हो।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको गरेको बा १४ च ९५७६ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेको से १ ह ९३३ नम्बरको अटोलाई ठक्कर दिएको थियो। ठक्करपछि ३ जना घाइते भएका छन। घाइते हुनेमा अटो चालक २९ वर्षीय दिपक वादी, अटोमा पछाडि सवार अन्दाजी ३० वर्षीय हरिश वादी र अन्दाजी २४ वर्षीया कल्पना वादी रहेका छन्।

घाईते तिनै जनालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको छ। ठक्कर दिने स्कारपियो चालक नेपालगन्ज उपमहानगरपालिका १० बस्ने ४१ वर्षीय भुपेन्द्र बिकलाई भने प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : १५ बजे

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि