रुपन्देहीमा जनमत पार्टीको प्रदर्शन एक सातादेखि जारी « Khabarhub

रुपन्देहीमा जनमत पार्टीको प्रदर्शन एक सातादेखि जारी


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – सीके राउत नेतृत्वको जनमत पार्टीले एक सातादेखि रुपन्देहीमा दिनहुँ प्रदर्शन गरिरहेको छ ।

विभिन्न माग राख्दै राजमार्ग बन्ददेखि सडक प्रदर्शनसम्म गर्दै आएको सो पार्टीले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएको छ ।

किसान आन्दोलन संघर्ष समितिको नाममा जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका हुन् ।उनीहरुले भैरहवा–लुम्बिनी सडक खण्ड र भैरहवा–परासी सडक खण्ड अवरुद्ध पारेपछि प्रहरीले गत आइतबार १२ जनालाई पक्राउ गरेको थियो ।

जनमत पार्टीका कार्यकर्ताले खासगरी रुपन्देहीको बनगाइ र धकधईमा सडक अवरुद्ध गर्दै आएका छन् । जनमत पार्टीका कार्यकर्ता लाठी–भाटा बोकेर प्रदर्शनमासमेत उत्रिने गरेका छन् ।

आइतबार भैरहवा–लुम्बिनी सडकखण्डअन्तर्गत बनगाई चोकमा चक्काजाम गर्न आएका कार्यकर्तालाई प्रहरीले हटाएपछि उनीहरुले भैरहवा परासी खण्डको धकधही चोकमा चक्काजाम गरेका थिए ।

किसानमाथिको दमन बन्द गर्नुपर्ने, किसान र आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने, समयमा मलखाद र बीउविजनको व्यवस्था, सिँचाइको व्यवस्था, सिंचाइको बिजुली निःशुल्क, हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिबापत तत्काल राहत, किसानको समस्या समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्नुपर्ने लगायतका माग जनमत पार्टीले राखेको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी मनोज केसीले आन्दोलनका क्रममा सडक अवरोध गराएका १२ जना पार्टीका नेताकार्यकतालाई पक्राउ गरिएको जानकारी दिए । चक्काजाम नगर्न आग्रह गर्दा नमानेपछि सामान्य बल प्रयोग गरेर सडकको अवरोध हटाएको र उनीहरुलाई नियन्त्रणमा लिइएको केसीले बताए ।

पक्राउ पर्नेमा पार्टीको रुपन्देही उपाध्यक्ष शम्भुप्रसाद यादव, कार्यकारी सदस्य विजय यादव, जिल्ला सदस्य सुदीप चौधरी, रोहिणी पार्टी कमिटी अध्यक्ष, विष्णु चौधरी, राजकुमार कोइरी, प्रमोद गुप्ता, हिरामन हरिजन, राजेन्द्र यादव, धर्मेन्द्र यादव, सुनिल गुप्ता, राजप्रसाद मुराउ, भरतकुमार यादव छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए ।

जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्रप्रसाद यादवल किसानको समस्या राखेर शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले बल प्रयोग गरेको आरोप लगाए ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ८ : २७ बजे

एआईजी दाहालले अति संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको