कर्णाली प्रदेश सरकारले खेलाडीद्वय सुनमाया र कामनालाई पुरस्कार दिने « Khabarhub

कर्णाली प्रदेश सरकारले खेलाडीद्वय सुनमाया र कामनालाई पुरस्कार दिने


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत -कर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हासिल गर्ने सुनमाया बुढालाई रु दुई लाख पुरस्कार दिने निर्णय गरेको छ ।

एशियाको सबैभन्दा लामो ११० किलोमिटर अल्ट्रा ट्रेल रेस प्रतियोगतामा महिलातर्फ प्रथम र समग्र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गर्ने बुढा जुम्ला पातारासी गाउँपालिका निवासी हुन्। बुढाले थाइल्याण्डमा आयोजित उक्त प्रतियोगितामा दुई हजार प्रतियोगीलाई पछि पार्दै प्रथम भइन्।

आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक तथा मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद् बैठकले प्रोत्साहनस्वरुप रु दुई लाख पुरस्कार दिने निर्णय गरेको हो ।

उक्त बैठकले बन्दै गरेको प्रदेश रङ्गशालामा नेपालकै पहिलो भलिबलको कभर्डहल निर्माण गर्ने र हालै बङ्गलादेशमा सम्पन्न भलिबल प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल प्रतियोगिताकी खेलाडी जाजरकोटकी कामना विष्टलाई रु ५० हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकमा मुख्यमन्त्री शाहीले प्रदेश रङ्गशाला निर्माण नहुँदासम्म वीरेन्द्रनगरस्थित कालिञ्चोक मैदानलाई वैकल्पिक खेलकुद मैदानका रूपमा प्रयोग गर्न र प्रदेश गौरवको एकमात्र आयोजनालाई समयमै निर्माण पूरा हुने गरी कार्ययाोजनासहित काम सम्पन्न गर्न निर्देशन दिए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले मङ्सिर २० गते शिलान्यास गरिएको प्रदेश रङ्गशाला निर्माणको प्रगतिका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएको बताए । सदस्यसचिव सञ्ज्यालले रङ्गशालाको निर्माणकार्य सुरु भएको २८ दिनको अवधिमा माटो परीक्षण, डिप बोरिङ, विद्युत् टान्सफर्मर राख्ने र साइट घेरबारको काम भइरहेको जनाए।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १२ : ०० बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै