सीके रावत नेतृत्वको पार्टीले स्थगित गर्‍यो राजमार्ग केन्द्रित आन्दोलन « Khabarhub

सीके रावत नेतृत्वको पार्टीले स्थगित गर्‍यो राजमार्ग केन्द्रित आन्दोलन


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ ।

सो पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बिहीबार रातिदेखि सुरु भएको वर्षा एक सातासम्म रहने भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिक केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव श्रीचन्दन सिंहले जानकारी दिए ।

मौसमको प्रतिकुलतामा यात्रुको विचल्ली हुने भन्दै राजमार्ग केन्द्रित आन्दोलनलाई रोकेर मौसमले साथ दिएअनुसार गाउँपालिका/नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने सो पार्टीले निर्णय गरेको छ ।

जनमत पार्टीको निर्णय :

१. २०७८ माघ २ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट माघ २० गतेसम्मको लागि किसान आन्दोलनका विभिन्न कार्यक्रमहरू तय भएकोमा सो आन्दोलनका कार्यक्रमहरूलाई भव्यताका साथ सम्पन्न गरेकोमा हामी हृदयदेखि सम्पूर्ण नेता, कार्यकर्ता, स्वयंसेवक तथा आमजनतालाई धन्यवाद दिन चाहन्छौं।

२. २०७८ माघ २० गते रातीबाट नेपालमा आँधीबेरी, असिना र वर्षासहित मौसम अतिप्रतिकूल हुनआएको र यस्तो मौसम करीब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिका÷नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्नहुन अनुरोध छ। त्यस अन्तर्गत किसानहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र अरू पार्टी तथा संघसंगठनबाट समर्थन लिने खालका कार्यक्रमहरू गर्न हन अनुरोध छ।

३. मौसममा सुधार भएपछि २०७८ फागुन १ गतेदेखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट निर्णय गरिनेछ।

४. किसान आन्दोलनमा समर्थन तथा एकबद्धता जनाई सहयोग गर्नुहुने सबै संघ–संगठन, स्थानीय तह तथा विभिन्न पार्टीका नेताहरूमा हामी हार्दिक आभार प्रकट गर्दछौं।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १२ : ४५ बजे

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई