संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्कता देखाएको छः राष्ट्रपति | Khabarhub Khabarhub

संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्कता देखाएको छः राष्ट्रपति


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसदमा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाउनाका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकामा धन्यवादसमेत दिइन् ।

उनले लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरुदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन् । राष्ट्रपतिले भनिन्, ‘देशको सर्वोपरि हितलाई ध्यानमा राखेर संसद्ले काम गर्नुपर्दछ । यसमा सांसदको भूमिका महत्वपूर्ण हुनेछ ।’ संविधानले निर्दिष्ट गरेबमोजिम नै आफूले संविधानको अक्षरशः पालना गर्दै आएको उल्लेख गर्दै राष्ट्रपतिले संवैधानिक अङ्गहरुले बुझाएका प्रतिवेदनहरुमाथि संसदमा विस्तृत छलफल गर्ने र सम्बन्धित निकायहरुले पनि तिनको कार्यान्वयन गर्ने परिपाटीलाई बलियो बनाउन आवश्यक रहेको बताइन् ।

संसद् सचिवालले ‘संसदमा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तक प्रकाशन गरेर संसदीय गतिविधिहरुको अभिलेखीकरणमा योगदान दिएको र यस्ता प्रकाशनहरुलाई निरन्तरता दिनुपर्ने खाँचो राष्ट्रपतिले बताइन् । देशको अवस्था राम्रोसँग बुझेको व्यक्तिले नै संसद्मा प्रभावकारी भूमिका निर्वाह खेल्नसक्ने बताउँदै उनले अध्ययन, अनुसन्धानले यसमा सहयोग पुग्ने हुँदा पठनीय संस्कृतिलाई बढाउन संसद् सचिवालयले संसदीय गतिविधिसम्बन्धी पुस्तक प्रकाशनलाई महत्व दिनुपर्ने धारणा राखिन् । आफूले लामो समयसम्म संसद्मा रहेर धेरै अनुभव हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संसदमा सांसदले बोलेका कुराहरुको प्रकाशनले आम जनताले आफ्ना प्रतिनिधिहरुका बारेमा जानकारी राख्न सक्ने र यसले संसद्प्रतिको आस्था बढेर जाने विश्वास व्यक्त गरिन् ।

समारोहमा राष्ट्रपतिसमक्ष राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘संसदमा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तक हस्तान्तरण गरेका थिए भने लुम्बिनीका किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य वस्तु उपहार प्रदान गरेका थिए ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले संसद् सरकारलाई जवाफदेही बनाउने संस्था भएकाले संसद्लाई प्रभावकारी बनाउन संसदीय समितिहरुको भूमिका महत्वपूर्ण रहने बताइन् । राष्ट्रियसभाका सचिव तथा पुस्तकका सम्पादक राजेन्द्र फुयाँलले पुस्तक संसद्का समिति प्रणालीको अवधारणा मात्र नभई हाम्रा आफ्नै अभ्यासको पनि सिंहावलोकनको प्रयास पनि भएकाले यसमा संसदीय समितिहरुले स्थापित गरेका अभ्यास, चुनौती र आगामी बाटो तय गर्नका लागि उपयोगी रहेको उल्लेख गरे ।

संघीय संसद् सचिवालयले प्रकाशन गरेको कूल १७६ पृष्ठको सो पुस्तकमा संसदीय अभ्यासमा संलग्न तथा विषयगत गहन अध्ययन गर्नुभएका १० व्यक्तित्वका लेखहरु समावेश छन् । पुस्तकमा समिति प्रणालीको विकास र अन्तरराष्ट्रिय अभ्यासको नमूनाका रुपमा अष्टे«लिया, अमेरिका र भारतको संसदीय समिति प्रणालीका विषयलाई पनि समेटिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : ०० बजे

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

सप्तरी– नवरात्र सुरु भएसँगै सप्तरीका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको

भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने आवाज

काठमाडौं– भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने संयुक्त राष्ट्रसंघमा

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना

चाडपर्वको मदिरापानले महिला हिंसा बढ्यो, अधिकारकर्मी भन्छन्- श्रीमती कुट्नेलाई नछोडौँ

काठमाडौं – हिन्दुहरुको महान पर्व दशैंको नवरात्र चलिरहेको छ। खुसी

दशैँका लागि काठमाडौंबाट बाहिरिनेको संख्या बढ्दै

काठमाडौं– काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाख मानिस बाहिरिने