फागुन १ गतेबाट विद्यालय खोल्न सरकारलाई सरोकारबालाको सुझाव « Khabarhub

फागुन १ गतेबाट विद्यालय खोल्न सरकारलाई सरोकारबालाको सुझाव


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरोकारबालाहरूले फागुन १ गतेबाट विद्यालय खोल्न सरकारलाई सुझाव दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारबालाबीच भएको छलफलमा यो सुझाव दिइएको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि यसअघि नै लामो समयसम्म विद्यालय बन्द गर्न नहुने बताएका थिए ।

उनले अवस्था हेरेर विद्यालय खुलाउने प्रक्रियामा जान भनेकाले मन्त्रालयले पनि विद्यालय लामो समय बन्द गर्नु नहुने धारणा राखेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ, अभिभावक महासंघ, प्याब्सन, एनप्याब्सनका प्रतिनिधिलगायत सहभागी थिए ।

कोरोना संक्रमणलाई ध्यानमा राखी संघीय सरकारले विद्यालय बन्द गर्न निर्देशन दिए पनि पछिल्लो समय संक्रमण घट्न थालेपछि केही स्थानमा विद्यालयहरू खुल्नसमेत थालेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ६ : २८ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका