शिवरात्रि मेला : एक जनाको हत्या, तीन पक्राउ « Khabarhub

शिवरात्रि मेला : एक जनाको हत्या, तीन पक्राउ


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – महाशिवरात्रिको अवसरमा लगाइएको मेलाका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

पोखरा-२० मौजामा स्थानीय युवाले मेला आयोजना गरेका थिए । उक्त मेलामा मदिरा सेवन गरी गाउँकै युवाबीच झगडा भएको हो । झगडामा स्थानीय ३५ वर्षका चोकबहादुर गुरुङको हत्या भएको छ ।

हत्या आरोपमा कास्की प्रहरीले निशान गुरुङ, प्रकाश गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ । पीडित परिवारको किटानकै आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘घटना हुने वित्तिकै भागिरहेको अवस्थामा २ जनालाई चक्कुसहित पक्राउ गरेका हौं । अर्का एक जना आज समातिएका छन्,’ उनले भने, ‘अनुसन्धान जारी छ । बाँकी अनुसन्धानपछि खुल्छ ।’

गाउँकै दुई युवाबीच झगडा भैरहेको बेला चोकबहादुर बीचमा परेको प्रत्यक्षदर्शीहरुको भनाई छ । ‘चोकबहादुर घटनामा थिएनन् । अरुको बीचमा उनी परेका हुन्,’ एक प्रत्यक्षदर्शीले भने ।

चक्कु लागेपछि घाइते भएका चोकबहादुरलाई उपचारका लागि गाउँलेले मनिपाल अस्पताल लगेका थिए । तर, ढिलो भैसकेकोले उनको बाटैमा मृत्यु भएको बताइएको छ । चिकित्सकले अस्पताल पुग्ने वित्तिकै मृत घोषणा गरेका हुन् । घटना मध्येराति साढे १ बजे भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : २५ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी