पल शाहमाथिको अनुसन्धानमा अवरोध नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह « Khabarhub

पल शाहमाथिको अनुसन्धानमा अवरोध नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले अभिनेता पल शाहमाथि लागेको बलात्कारको आरोपबारे संयमित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ ।

शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन गरिरहेको छ । गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ ।’

अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने सम्भावना रहने आयोगका सहप्रवक्ता लोकनाथ बास्तोलाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्यायसम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकारसमेत प्रभावित भएको आयोगले जनाएको छ ।

गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, यस सम्बन्धमा सम्बन्धित व्यक्तिको अनुमतिबिना भिडियोहरू रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरू सार्वजनिक नगर्न आयोगले सबैलाई आग्रह गरेको छ ।

साथै अति प्रचारका कारण प्रमाणहरू नष्ट हुनेतर्फ विचार पु-याउन, आफूलाई प्राप्त प्रमाणहरू सार्वजनिक गर्नुको सट्टा अनुसन्धान अधिकारीहरूलाई उपलब्ध गराउन, कसैले पनि पक्ष र विपक्षमा अभिव्यक्ति नदिन, आफ्ना विचार र अभिव्यक्ति सम्प्रेषण गर्दा अरुको मर्यादामा आँच आउने तर्फ विचार पु-याउन विज्ञप्तिमा भनिएको छ ।

गोपनीयताको हक संकुचित हुन सक्ने तर्फ संवेदनशील र संयमित हुन तथा स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउन सम्बद्ध सबै पक्षलाई आयोगले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १ : १७ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि